शुक्रबार, आश्विन ९,२०८३ 05:22:48
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 05:22:48
Bizshala
Global IME Bank Limited

सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित

Bizshala
सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित
New Office

काठमाण्डौ । हाल सेयर बजारमा डिम्याट खाता खोल्नेको संख्या ६२ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार नेपालमा हाल डिम्याट खोल्नेको संख्या ६२ लाख ६२ हजार ८१३ जना पुगेको छ ।  

सीडीएसीको तथ्यांक अनुसार कुल संख्यामा ३५ लाख ९८ हजार ८२८ जना पुरुष र २६ लाख ५६ हजार ८६८ जना महिला लगानीकर्ता रहेका छन् । महिला लगानीकर्ताको संख्या कुल संख्याको ४२ प्रतिशत हुन आउँछ । कुल डिम्याट खोल्नेमा ५४ जना अन्य वर्गका छन् ।  

सेयर बजारमा २६ लाख भन्दा बढी महिला लगानीकर्ता रहेता पनि प्रायः ब्रोकर हाउसहरुमा भने महिला लगानीकर्ताहरुको उपस्थिति शुन्य रहेको पाइन्छ । ब्रोकर हाउसहरुमा आक्कल झुक्कल देखिने महिला लगानीकर्ताहरु बजार घटेको समयमा भने देखिदैनन् ।  

त्यसै गरि, १८ वर्ष मुनिका ७ लाख ८० हजार २८० जना र १८ वर्षदेखि ३० वर्षसम्मको उमेर समूहमा १९ लाख ४१ हजार ८१६ जना रहेका छन् । यो भनेको कुल लगानीकर्ताको ३१ प्रतिशत हिस्सा हो । ३१ देखि ४१ वर्ष उमेर समूहमा १४ लाख ४० हजार ४३६ जना रहेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसै गरि ६१ बर्ष देखि ७० बर्षसम्मको उमेर समूहमा ३ लाख २८ हजार ४०९ जना र ७० वर्षभन्दा माथिको समूहमा १ लाख ७० हजार ९२५ जना लगानीकर्ता रहेको सीडीएसीको तथ्यांकले देखाउँछ । उमेर समूह मार्फत हेर्दा सबै भन्दा बढी १८ बर्ष देखि ३० बर्षका समूहमा धेरै लगानीकर्ता रहेको देखिन्छ ।  

पछिल्लोपटक युवा वर्ग देशबाटै बाहिरिने क्रम बढ्दा अन्य व्यवसाय जस्तै पूँजीबजार पनि प्राभाबित बनेको छ । डिम्याट खाता खोले ता पनि यो समूहका लगानीकर्ता हाल बजारमा ५ लाख पनि नभएको सीडीएसी स्रोतले दावी गरेको छ । स्रोतका अनुसार उपभोग तथा आक्रामक सेयर कारोबार गर्ने भनेका युवा नै हुन् । तर यो समूह नेपालमा पूँजीबजार सिकेर विदेश पलायन भएपछि विदेशकै बजारप्रति आकर्षण हुन सक्ने ब्रोकरहरुको पनि दाबी छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.