सोमबार, श्रावण १८,२०८३ 07:15:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:15:35
Bizshala
Global IME Bank Limited

जनार्दन शर्मा, सीके राउत र उपेन्द्र यादवसहितका नेता ललितपुरमा छलफलमा

जनार्दन शर्मा, सीके राउत र उपेन्द्र यादवसहितका नेता ललितपुरमा छलफलमा
New Office

 

काठमाण्डौ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहित विभिन्न दलका नेताहरू छलफलमा जुटेका छन्।

सोमबार अपराह्न ललितपुरमा जारी छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह र जसपा नेपालका नेता जितेन्द्र सोनललगायत नेताहरूको पनि सहभागिता छ।

नेताहरूबीच भइरहेको छलफलको विषय र उद्देश्य भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। समसामयिक राजनीतिक परिस्थिति तथा आगामी सहकार्यका सम्भावनाबारे छलफल भइरहेको अनुमान गरिए पनि सहभागी नेताहरूले यसबारे खुलाएका छैनन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक शर्माले छलफल जारी रहेकाले तत्काल कुनै निष्कर्ष सार्वजनिक गर्न नमिल्ने बताए।

“हामी अहिले छलफलकै चरणमा छौँ। केही निचोड आएपछि जानकारी गराउँछौँ,” शर्माले संक्षिप्त प्रतिक्रिया दिँदै भने।

जसपा नेपालका अध्यक्ष यादवले पनि नेताहरू छलफलमा रहेको पुष्टि गरेका छन्। छलफलबाट हालसम्म कुनै ठोस निष्कर्ष ननिस्किएको र निचोडमा पुगेपछि जानकारी गराइने उनको भनाइ छ।

फरक–फरक राजनीतिक दलका शीर्ष नेताहरू एकै ठाउँमा भेला भएर छलफलमा जुटेपछि सम्भावित राजनीतिक सहकार्य वा नयाँ समीकरणका विषयमा चासो बढेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.