मंगलवार, श्रावण १९,२०८३ 09:09:26
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:09:26
Bizshala
Global IME Bank Limited

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १.१८ अर्ब नाफा कमाउन सफल, ईपीएस र लाभांश क्षमता समेत बढ्यो

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १.१८ अर्ब नाफा कमाउन सफल, ईपीएस र लाभांश क्षमता समेत बढ्यो
New Office

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्म १ अर्ब बढी नाफा कमाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार बैंकले उक्त अवधिसम्म १ अर्ब १८ करोड १२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

जुन रकम अघिल्लो आवको सोही अवधिसम्म बैंकले आर्जन गरेको तुलनामा ८२.९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६४ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढ्नु र इम्पे्यरमेन्ट चार्ज घट्नु जस्ता कारणले बैंकको नाफा वृद्धिमा सहयोग पुर्याएका हुन् । बैंकको खुद ब्याज आम्दानी ६.८९ प्रतिशत बढेको छ । बैंकले चौथो त्रैमाससम्म २ अर्ब ८२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ९५ करोड ४ लाख रुपैयाँ छुट्टाएको बैंकले समीक्षा अवधिसम्म भने २० करोड ७९ लाख रुपैयाँको व्यवस्था गरेको छ । बैंकको निष्कृय कर्जा भने ४.२७ प्रतिशतबाट बढेर ४.९३ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । अघिल्लो आवमा ६६ करोड ५० लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख पुगेको छ । यस्तै लाभांश क्षमता पनि १३.७१ प्रतिशतबाट बढेर १६.८६ प्रतिशत पुगेको छ ।

बैंकको निक्षेप संकलन ७७ अर्ब ८५ करोड र कर्जा परिचालन ६३ अर्ब २६ करोड पुगेको छ ।

बैंकको चुक्तापूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ २.६६ प्रतिशतले बढेर ८४ करोड ६४ लाख पुगेको छ । रिजर्भ फण्डको आकार पनि १६.३८ प्रतिशतले बढेर २ अर्ब १४ करोड पुगेको छ ।

बैंकको कस्ट अफ फण्ड ४.८५ प्रतिशतबाट घटेर ३.६८ प्रतिशत कायम भएको छ । बैंकको सिडि रेसियो ८४.१८ प्रतिशत, बेस रेट ५.३८ प्रतिशत, स्प्रेड दर ४.०१ प्रतिशत, आरओइ १५.३५ प्रतिशत, आरओए १.४१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २३.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.४८, मूल्य आम्दानी अनुपात १७.६४ गुणा र तरलता अनुपात २७.३२ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.