मंगलवार, श्रावण १९,२०८३ 03:01:23
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 03:01:23
Bizshala
Global IME Bank Limited

एक्सेल डेभलपमेन्ट बैंकको नाफामा २२,७८४.८०% को उछाल, अन्य सूचकमा पनि बलियो

एक्सेल डेभलपमेन्ट बैंकको नाफामा २२,७८४.८०% को उछाल, अन्य सूचकमा पनि बलियो
New Office

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिर्भसल भएसँगै एक्सेल डेभलपमेन्ट बैंकको नाफामा राम्रो सुधार आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ३० करोड ९४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२७८४.८० प्रतिशतले बढी हो ।

अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको खुद नाफा १३ लाख ५१२ हजारमा सीमित थियो ।

यस्तै अघिल्लो आवमा ५६ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा भने ६४ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि ८ करोड २९ लाख रुपैयाँबाट बढेर ९ करोड ५५ लाख पुगेको छ ।

चौथो त्रैमासमा बैंकको वितरणयोग्य मुुनाफा १७ करोड ९७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा भने १ करोड २६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो । अघिल्लो आवमा १.०१ प्रतिशतले ऋणात्मक रहेको बैंकको लाभांश क्षमता समेत १४.३८ रुपैयाँले धनात्मक बनेको छ ।

यस अवधिमा बैंकको इम्पेयरमन्ट चार्ज १९ करोड ४२ लाख रुपैयाँले रिभर्सल भएको छ । अर्को उपलब्धिको रुपमा बैंकले आफ्नो निष्कृय कर्जा समेत घटाएको छ । बैंकको निष्कृय कर्जा ६.६९ प्रतिशतबाट घटेर ४.५७ प्रतिशतमा सीमित बनेको छ ।

कस्ट अफ फण्ड पनि ३.८७ प्रतिशतबाट घटेर २.८९ प्रतिशतमा झरेको छ ।

१ अर्ब २४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिजर्भमा ७८ करोड ४१ लाख र रिटेन्ड अर्निङमा १७ करोड ९७ लाख रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी समेत ०.११ रुपैयाँबाट बढेर २४.७६ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १७७.८५ रुपैयाा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७०६.७८ रुपैयाँ, पीई रेसियो २२.६७ गुणा र तरलता अनुपात ३४.८४ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.