बुधबार, श्रावण २०,२०८३ 06:06:05
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 06:06:05
Bizshala
Global IME Bank Limited

तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन

तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन
New Office

काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायपालिका र न्यायाधीशसम्बन्धी विषयमा प्रश्न उठाएको भन्दै तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले Amnesty International, International Commission of Jurists (आईसीजे) र Human Rights Watch ले सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब दिने आशयको संयुक्त विज्ञप्ति जारी गरेको विषयमा छलफल गरेको थियो।

 

बैठकपछि समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत ती संस्थाहरूसँग उक्त विज्ञप्तिबारे आधिकारिक स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको हो।

समिति सभापति समीक्षा बास्कोटाले ती संस्थाहरूको विज्ञप्तिले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम संसद्को कानुन निर्माण गर्ने अधिकारमाथि हस्तक्षेप भएको समितिको निष्कर्ष रहेको बताइन्।

उनका अनुसार संयुक्त विज्ञप्तिसँग सम्बन्धित प्रमाणसहित स्पष्टीकरण माग गरी त्यसको जानकारी समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.