काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा बहने इङवा खोलामा निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा खोला साना जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन शुरु भएको छ।
गत जेठ ९ गते राति १२ः०१ बजेदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस, प्रसारण लाइनलगायत विभिन्न संरचनामा ठूलो क्षति पुगेपछि आयोजना सञ्चालन प्रभावित भएको थियो।
प्राकृतिक विपत्तिका कारण उत्पन्न असामान्य परिस्थितिले आयोजनाको सम्पूर्ण प्लान्ट बन्द अवस्थामा रहेकोमा आवश्यक मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनाका दुई वटा युनिटमध्ये युनिट १ बाट साउन २१ गते साँझ ७ः१७ बजेदेखि विद्युत उत्पादन शुरु भएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।