आईतवार, कार्तिक ८,२०८३ 01:48:01
  • आईतवार, कार्तिक ८,२०८३ 01:48:01
Global IME Bank Limited

मधेसमा पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी

Bizshala
मधेसमा पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी
New Office

काठमाण्डौ । मधेस प्रदेशका विभिन्न जिल्लामा विद्युत् ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय, जनकपुरधामले जनाएको छ।

कार्यालयका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चोरी भएका ट्रान्सफर्मरमध्ये महोत्तरीमा सबैभन्दा बढी ३५ वटा रहेका छन्। त्यस्तै बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ–नौ, सप्तरीमा तीन तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका छन्।

चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएदेखि २०० केभिएसम्म रहेको प्राधिकरणले जनाएको छ।

ट्रान्सफर्मर चोरीका कारण किसानहरू प्रत्यक्ष प्रभावित भएका छन्। विशेषगरी सिँचाइको समयमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कृषकलाई समस्या परेको छ। कृषकहरूले चोरीमा संलग्न व्यक्तिलाई शीघ्र पक्राउ गरी क्षतिग्रस्त स्थानमा नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.