काठमाण्डौ । नेपालमा बसोबास गर्ने रोहिंग्या शरणार्थीको संख्या ५२६ पुगेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले नेपालमा रहेका रोहिंग्या समुदायको पछिल्लो संख्या सार्वजनिक गरेका हुन्।
डीआईजी काफ्लेका अनुसार हाल कपनको लसुनटार र ललितपुरका विभिन्न क्षेत्रमा रोहिंग्या समुदाय बसोबास गर्दै आएको छ। उनीहरूमध्ये १६२ जना पुरुष रहेको प्रहरीको विवरण छ।
प्रहरीका अनुसार ललितपुरको सुनाकोठी क्षेत्रमा पनि रोहिंग्या समुदायको बसोबास रहेको छ। यसअघि कपनको लसुनटार क्षेत्रमा उनीहरूले अस्थायी शिविर बनाएर बस्दै आएका थिए भने कपनस्थित राम मन्दिर क्षेत्रमा समेत उनीहरूको बसोबास रहेको जनाइएको छ।
म्यानमारबाट विस्थापित भएर बंगलादेश हुँदै नेपाल प्रवेश गरेका रोहिंग्या समुदायका मानिसहरू लामो समयदेखि नेपालमा आश्रय लिएर बस्दै आएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।