शुक्रबार, असार १३,२०८२ 11:47:04
  • शुक्रबार, असार १३,२०८२ 11:47:04
Global IME Bank Limited

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

Hyundai Nepal
महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रिय सभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो ।  

डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् ।  

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रुपमा सम्मान गरेका हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा. शाक्यलाई राष्ट्रिय सभाबाट महिला सशक्तीकरणको मुद्धा उठाउन आग्रह गरे । 

महिलाको उद्यमशिलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्कता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशिलता विकासमा डा.  शाक्यको भूमिकाको प्रशंसा गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited

चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए । महिला चेम्बरमार्फत महिला उद्यमशिलता एवं शसक्तीकरणका लागि चेम्बरले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाई छ । सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा. शाक्यले राष्ट्रिय सभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको टिप्पणी गरे । 

सम्मान ग्रहणपछि डा शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने बताइन् । उनले मुलुकको आर्थिक विकासका लागि निरन्तर पहल गर्ने प्रतिवद्धता जाहेर गरिन् ।  

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.