आईतवार, श्रावण २४,२०८३ 04:35:06
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 04:35:06
Bizshala
Global IME Bank Limited

किशोरी डिम्ब तस्करी प्रकरण : डा. नुतन शर्मा बयानपछि हाजिरी जमानीमा रिहा, आरोप अस्वीकार

किशोरी डिम्ब तस्करी प्रकरण : डा. नुतन शर्मा बयानपछि हाजिरी जमानीमा रिहा, आरोप अस्वीकार
New Office

 

काठमाण्डौ । १७ वर्षीया किशोरीको डिम्ब निकालिएको प्रकरणमा नाम जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ चिकित्सक डा. नुतन शर्मासँग प्रहरीले बयान लिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार डा. शर्मा गत बिहीबार प्रहरीसमक्ष उपस्थित भएकी थिइन्। त्यसपछि उनलाई जिल्ला सरकारी वकिल कार्यालय लगेर घटनासम्बन्धी बयान लिइएको थियो।

ललितपुर प्रहरीका एसपी गौतम मिश्रका अनुसार बयान सकिएपछि सरकारी वकिल कार्यालयको निर्देशनमा डा. शर्मालाई हाजिरी जमानीमा छाडिएको हो।

बयानका क्रममा डा. शर्माले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कानूनविपरीत कुनै काम नगरेको दाबी गरेकी छन्।

उनले आवश्यक मञ्जुरी र प्रक्रियापछि मात्रै काम गरिएको भन्दै आफ्नो बचाउ गरेको प्रहरी स्रोतको भनाइ छ।

प्रहरीका अनुसार डा. शर्माविरुद्ध पक्राउ पुर्जीका लागि अदालतसँग अनुमति मागिएको भए पनि अनुमति प्राप्त नभएकाले उनलाई पक्राउ गरिएको थिएन। उनी यसअघि विदेशमा रहेकी थिइन् र नेपाल फर्किएपछि प्रहरीसमक्ष उपस्थित भएर बयान दिएकी हुन्।

यसै प्रकरणमा प्रहरीले राधिका गोतामे नामकी युवतीसँग पनि अनुसन्धान गरेको थियो। गोतामेमाथि पीडित किशोरी र आईभीएफ सेन्टरबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। उनलाई पनि सरकारी वकिल कार्यालयको निर्देशनमा हाजिरी जमानीमा छाडिएको थियो।

अनुसन्धानका क्रममा गोतामे र डा. शर्माबीच आर्थिक कारोबार भएको देखाउने विवरण फेला परेको प्रहरी स्रोतको दाबी छ। गोतामेको मोबाइलमा भेटिएको मोबाइल बैंकिङसम्बन्धी विवरणमा सन् २०२५ डिसेम्बर २१ र २२ मा डा. शर्माबाट दुई पटक गरी १ लाख रुपैयाँ पठाइएको देखिएको स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार पछिल्लो घटनासँग सम्बन्धित भनिएको अर्को ५० हजार रुपैयाँको कारोबारबारे समेत अनुसन्धान भइरहेको छ। उक्त रकममध्ये पीडित किशोरीलाई ३० हजार रुपैयाँ दिइएको दाबी गरिएको छ।

यो प्रकरणमा १७ वर्षीया किशोरीले आर्थिक प्रलोभनमा पारेर आफ्नो डिम्ब निकालिएको आरोपसहित जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।

हाल प्रहरीले आर्थिक कारोबार, बिचौलियाको भूमिका, सहमतिको वैधानिकता तथा घटनामा संलग्न भनिएका व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको छ।

डा. शर्माले भने आफूले कानूनविपरीत कुनै कार्य नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेकी छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.