Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 01:53:03
Bizshala
Global IME Bank Limited

यातायात कार्यालयको राजस्व ५० लाखले बढ्यो

यातायात कार्यालयको राजस्व ५० लाखले बढ्यो
New Office

काठमाण्डौ । यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु. १ करोड ९४ लाख ४४ हजार राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा करिब रु. ५० लाख बढी हो।

कार्यालयका अनुसार चालक अनुमतिपत्र तथा सवारीसाधनको सङ्ख्यामा भएको वृद्धि र सेवाप्रवाहलाई छिटोछरितो बनाइएकाले राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षमा पकेट तथा रुट परमिटबापत रु. १८ लाख ८८ हजार, सवारी दर्ता किताब दस्तुरबापत रु. ६४ लाख ९२ हजार र अग्रिम आयकरबापत रु. ६ लाख ६८ हजार राजस्व संकलन भएको छ। 

त्यस्तै, बेरुजु असुलीबाट रु. १ हजार ५७५ तथा सवारीसाधन करबाट रु. १ करोड ३९ लाख ३ हजार राजस्व संकलन भएको छ ।

कार्यालयले गत आवमा विभिन्न वर्गअन्तर्गत कुल ६२० वटा चालक अनुमतिपत्र वितरण गरेको जनाएको छ। जसअनुसार मोटरसाइकल, स्कुटर तथा मोपेड वर्ग (ए) अन्तर्गत १८८ वटा, कार, जिप तथा डेलिभरी भ्यान वर्ग (बी) अन्तर्गत ३८ वटा तथा चालक अनुमतिपत्रको प्रतिलिपि र नवीकरणतर्फ ३९४ वटा अनुमतिपत्र वितरण गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.