सोमबार, श्रावण २५,२०८३ 02:43:07
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 02:43:07
Bizshala
Global IME Bank Limited

एक सातादेखि अस्पतालमै छ रविन्द्रको शव, पोस्टमार्टमअघि ‘शहीद घोषणा’को अडानले रोकियो प्रक्रिया

एक सातादेखि अस्पतालमै छ रविन्द्रको शव, पोस्टमार्टमअघि ‘शहीद घोषणा’को अडानले रोकियो प्रक्रिया
New Office

काठमाण्डौ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्षण अस्पतालमै छ। साउन १९ गते उपचारका क्रममा मृत्यु भएका मेहताको शवमाथि पोस्टमार्टमसमेत हुन सकेको छैन।

देवानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको दङ्गाका क्रममा घाइते भएका मेहताको उपचारका क्रममा मृत्यु भएको हो। तर, उनको मृत्यु भएको लामो समय बितिसक्दा पनि शवको पोस्टमार्टम र अन्त्येष्टिको प्रक्रिया अघि बढ्न सकेको छैन।

यसको मुख्य कारण सरकार र मृतक परिवारबीच शहीद घोषणा र पोस्टमार्टमको प्रक्रियालाई लिएर देखिएको असहमति हो।

मृतक परिवारले पोस्टमार्टम गर्नुअघि नै रविन्द्रलाई शहीद घोषणा गर्नुपर्ने अडान राख्दै आएका छन्। साथै, उनको शरीरमा लागेको गोलीको व्यालेष्टिक परीक्षणसमेत पहिले गर्नुपर्ने परिवारको माग छ।

रविन्द्रको शरीरमा गोली लागेको बताइएको छ। घटनाको वास्तविकता र गोली चलेको अवस्थाबारे थप प्रमाण सुरक्षित गर्न व्यालेष्टिक परीक्षण आवश्यक रहेको परिवारको भनाइ छ।

तर, गृह प्रशासनले भने कानूनी तथा प्रक्रियागत काम पूरा गर्न पोस्टमार्टम आवश्यक रहेको बताउँदै आएको छ। पोस्टमार्टमपछि मात्रै अन्य प्रक्रिया अघि बढाउन सकिने सरकारको भनाइ छ।

गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका अनुसार सरकारले रविन्द्रलाई शहीद घोषणा गर्ने विषयमा सकारात्मक धारणा राखेको छ। तर, त्यसअघि पोस्टमार्टम गर्नुपर्ने सरकारको अडान छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.