आईतवार, आश्विन १८,२०८३ 04:59:34
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 04:59:34
Bizshala
Global IME Bank Limited

अटो क्षेत्रलाई राजस्व उठाउने माध्यम मात्र नबनाऔँ- एफएनसीसीआई अध्यक्ष श्रेष्ठ

Bizshala
अटो क्षेत्रलाई राजस्व उठाउने माध्यम मात्र नबनाऔँ- एफएनसीसीआई अध्यक्ष श्रेष्ठ
New Office

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व उठाउने क्षेत्रका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।

नाइमा मोबिलिटी एक्सपो २०२६ मा बोल्दै अध्यक्ष श्रेष्ठले अटो क्षेत्रलाई विलासिताको वस्तुका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताए। “अटो क्षेत्रलाई राजस्वको रूपमा मात्र बुझ्ने काम भयो। गत बजेटमा समेत भन्सार दर परिवर्तन भयो। यसलाई विलासिताको विषय बनाउन मात्र खोजियो। यो आवश्यकताको क्षेत्र हो भन्ने कुरा सरकारले कहिले बुझ्ने ?” उनले प्रश्न गरे।

श्रेष्ठले सरकारले लामो समयदेखि अटो क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्दै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए। विशेषगरी सडक सुरक्षा र पूर्वाधार सुधारमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ।

“२० वर्षअघिको सडकको घनत्व र अहिलेको अवस्था कस्तो छरु यति धेरै सवारीसाधन बढिसकेका छन्। सरकारले पटक–पटक छलफल गर्ने गरेको छ, तर छलफल छलफलमै सीमित भएको छ,” श्रेष्ठले भने।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले सडक सुरक्षाका लागि पर्याप्त जनशक्ति र पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै अहिले देशभर करिब ७ हजार ट्राफिक प्रहरी रहेको बताए। बढ्दो सवारी चापअनुसार सडक तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

सवारी दुर्घटनामा चालक र सवारीसाधनलाई मात्र दोष दिन नहुने पनि श्रेष्ठले बताए। सडकको गुणस्तर र पूर्वाधार पनि दुर्घटनाका महत्वपूर्ण कारण हुन सक्ने भन्दै उनले सडक सुरक्षासँगै सडकको स्तर सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए।

यातायातका सवारीसाधन दर्ता रोक्ने सरकारको निर्णयप्रति समेत उनले असन्तुष्टि जनाए। दर्ता रोक्नुको सट्टा सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

“दसैँ–तिहारको समयमा नयाँ सवारीसाधन खरिद गर्ने समय हो। तर दर्ता रोक्ने काम भइरहेको छ। यो अन्यायपूर्ण निर्णय हो,” श्रेष्ठले भने।

निजी क्षेत्रले देशमा ठूलो हिस्सा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै श्रेष्ठले निजी क्षेत्रका उद्योग तथा व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे।

“निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी दिएको छ। सरकारी उद्योग मात्र होइन, निजी क्षेत्रका उद्योग पनि प्रभावकारी रूपमा सञ्चालन गर्न ध्यान दिनुपर्छ,” उनले बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.