मंगलवार, श्रावण २६,२०८३ 05:04:15
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 05:04:15
Bizshala
Global IME Bank Limited

ह्युण्डाईका दुई नयाँ मोडल नेपालमा सार्वजनिक, आयोनिक ९ को मूल्य रु.२.१९ करोड

Prabhu Bank Limited
ह्युण्डाईका दुई नयाँ मोडल नेपालमा सार्वजनिक, आयोनिक ९ को मूल्य रु.२.१९ करोड
New Office

काठमाण्डौ । ह्युण्डाईले नेपाली बजारमा एकैपटक दुई नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आजबाट सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा प्रिमियम विद्युतीय ‘एसयूभी आयोनिक ९’ र लोकप्रिय एसयूभी भेन्युको फेसलिफ्ट मोडल नेपालमा सार्वजनिक गरेको हो ।

नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाईले यी दुई मोडल सार्वजनिक गरेको हो । आयोनिक ९ पूर्ण विद्युतीय प्रिमियम एसयूभी हो भने भेन्यु फेसलिफ्ट पेट्रोल सेग्मेन्टमा आउने अपडेटेड मोडल हो ।

कम्पनीले भेन्यु फेसलिफ्टलाई नेपालमा चारवटा भेरियन्टमा बिक्री गर्ने जनाएको छ । यसको बेस भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ र हाइ भेरियन्टको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

भेन्युमा ११९७ सीसी क्षमताको इन्जिन उपलब्ध छ भने एनलाइन भेरियन्टमा ९९८ सीसी टर्बो इन्जिन दिइएको छ। भेरियन्टअनुसार गाडीमा ३६० डिग्री क्यामरा, विभिन्न ड्राइभ तथा ट्र्याक्सन मोड, विन्डो सनसेड, फ्रन्ट पार्किङ सेन्सर र रिक्लाइनिङ रियर सिटलगायतका सुविधा उपलब्ध छन् ।

आयोनिक ९ को मूल्य २ करोड १९ लाख

हुन्डाईको नयाँ पुस्ताको ठूलो आकारको विद्युतीय एसयूभी आयोनिक ९ नेपाली बजारमा २ करोड १९ लाख ९६ हजार रुपैयाँ मूल्यमा सार्वजनिक गरिएको छ ।

तीन लाइन सिटसहित आउने आयोनिक ९ परिवार केन्द्रित प्रिमियम विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको छ । ठूलो ब्याट्री, लामो रेन्ज, फराकिलो केबिन र अत्याधुनिक प्रविधिसहितको यो मोडललाई हुन्डाईको प्रिमियम इलेक्ट्रिक पोर्टफोलियोमा राखिएको छ ।

आयोनिक ९ नेपालमा सार्वजनिक भएसँगै हुन्डाईले प्रिमियम विद्युतीय एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । यो मोडलले नेपाली बजारमा उपलब्ध अन्य प्रिमियम इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X