काठमाण्डौ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।
आफूविरुद्ध मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए। अदालतमा उनको बयान लिइएपछि थुनछेक बहस भएको थियो।
न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले बहसपछि गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको विशेष अदालतले जनाएको छ।
धरौटी बुझाएपछि मुद्दाको बाँकी प्रक्रिया चलिरहनेछ। अदालतको यो आदेश प्रारम्भिक थुनछेक प्रयोजनका लागि भएको हो भने मुद्दाको अन्तिम फैसला हुन बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।