काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाराका उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको कल्याण, उद्धार, क्षतिपूर्ति तथा विभिन्न सहायता कार्यक्रम सञ्चालनमा वैदेशिक रोजगार बोर्डको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
उप्रेतीले अब बोर्डको कार्यकारी नेतृत्व सम्हाल्दै वैदेशिक रोजगारसम्बन्धी सेवा, श्रमिक कल्याण तथा बोर्डका कार्यक्रम कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।