Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 03:09:52
Bizshala
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको नाफा १.५१ अर्ब, खुद ब्याज आम्दानी र ईपीएस कति ?

मुक्तिनाथ विकास बैंकको नाफा १.५१ अर्ब, खुद ब्याज आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको खुद नाफा १२.४४ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म बैंकले खुद ब्याज आम्दानी पनि ३.६३ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले ४ अर्ब ७४ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । बैंकले यो अवधिसम्म ४ अर्ब ८२ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ ।

बैंकको सञ्चालन मुनाफा २ अर्ब ४२ करोड र खुद शुल्क तथा कमिशन आम्दानी ५४ करोड ९८ लाख रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको रिटेन्ड अर्निङ ५०.०९ प्रतिशतले घट्दै ६७ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकको रिजर्भको आकार भने २५.२६ प्रतिशतले बढेर ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको निक्षेप संकलन १ खर्ब २३ अर्ब र कर्जा प्रवाह १ खर्ब ५० करोड रुपैयाँ रहेको छ ।  

यस्तै बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख र लाभांश क्षमता ८.४५ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.८२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७६३.१९ रुपैयाँ,तरलता अनुपात २७.९५ प्रतिशत,मूल्य आम्दानी अनुपात १९.१३ गुणा र रिर्टन अन इक्विटी १२.२७ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.