बुधबार, श्रावण २७,२०८३ 05:48:22
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 05:48:22
Bizshala
Global IME Bank Limited

गृह मन्त्रालयमा ‘टप हेभी’ संरचना घटाइयो, ९ सहसचिव कटौती हुँदा तल्लो तहमा १२९ दरबन्दी थप

सहसचिव ७५ बाट ६६ मा झरे, शाखा अधिकृत ५३ र नायब सुब्बा ५१ थपिए

Prabhu Bank Limited
गृह मन्त्रालयमा ‘टप हेभी’ संरचना घटाइयो, ९ सहसचिव कटौती हुँदा तल्लो तहमा १२९ दरबन्दी थप
New Office

 

 

काठमाण्डौ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत आफ्नो मातहतको कर्मचारी संरचनामा ठूलो फेरबदल गरेको छ। नयाँ संरचनामा उच्च तहका सहसचिवको दरबन्दी घटाइएको छ भने सेवा प्रवाहसँग प्रत्यक्ष जोडिने तल्लो तहका कर्मचारीको संख्या उल्लेख्य रूपमा बढाइएको छ।

नयाँ ओएण्डएमअनुसार गृह मन्त्रालयअन्तर्गत कुल कर्मचारी दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्‍याइएको छ। अर्थात् समग्रमा १२९ दरबन्दी थपिएका छन्।

तर प्रथम श्रेणीका सहसचिवको दरबन्दी भने घटाइएको छ। यसअघि गृह मन्त्रालयअन्तर्गत ७५ सहसचिवको दरबन्दी रहेकामा ९ पद कटौती गरी ६६ कायम गरिएको छ।

एक जना सचिवको दरबन्दी भने यथावत् राखिएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार नयाँ ओएण्डएम प्रतिवेदन स्वीकृत भइसकेको छ र अब कार्यान्वयनको चरणमा जानेछ।

उपसचिवदेखि नासुसम्म दरबन्दी बढ्यो

नयाँ संरचनामा उपसचिवको दरबन्दी ६ वटा थपिएको छ। यसअघि १५५ उपसचिव रहेकोमा अब १६१ पुर्‍याइएको छ।

सबैभन्दा धेरै दरबन्दी शाखा अधिकृत र नायब सुब्बा तहमा थपिएका छन्।

शाखा अधिकृतमा ५३ पद थपेर ५९१ बाट ६४४ पुर्‍याइएको छ।

त्यस्तै नायब सुब्बाको दरबन्दी ५१ ले बढेर १ हजार ३७० बाट १ हजार ४२१ पुगेको छ।

खरिदारतर्फ पनि ३ पद थपिएका छन्। यसअघि ७१४ दरबन्दी रहेकोमा अब ७१७ कायम गरिएको छ।

स्वास्थ्य र श्रेणीविहीन कर्मचारी पनि थपिए

गृह मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवातर्फ एकमुष्ट ८ दरबन्दी थपेर १३८ बाट १४६ पुर्‍याइएको छ।

श्रेणीविहीन कर्मचारीतर्फ पनि १७ पद थपिएका छन्। यसअघि १ हजार ४३८ दरबन्दी रहेकामा अब १ हजार ४५५ पुर्‍याइएको छ।

नयाँ संरचनाले गृह प्रशासनमा उच्च तहको पद संख्या घटाउँदै कार्यान्वयन तथा सेवा प्रवाहसँग प्रत्यक्ष जोडिने मध्यम र तल्लो तहमा जनशक्ति विस्तार गर्ने संकेत गरेको छ।

मन्त्रालयका अनुसार साउन २५ गतेको निर्णयबाट स्वीकृत नयाँ दरबन्दी संरचना अझै पूर्ण रूपमा कार्यान्वयनमा गइसकेको छैन। प्रशासन महाशाखाले छिट्टै कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.