काठमाण्डो । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब बढी खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म २ अर्ब ९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६३.०२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने बैंकले १ अर्ब २८ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवमा ६ अर्ब ४१ करोड रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ६ अर्ब २९ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने १ अर्ब ३४ करोडबाट बढेर १ अर्ब ४३ करोड पुगेको छ ।
यद्यपी बैंकको खुद सञ्चालन आम्दानी पनि ५ अर्ब ४९ कररोडबाट बढेर ७ अर्ब ५१ करोड पुगेको छ । बैंकको रिटेन्ड अर्निङ ७७ करोड ८१ लाख रुपैयाँबाट घटेर ५२ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने ७ अर्ब ४० करोड रुपैयाँबाट बढेर ८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
२ खर्ब ३१ अर्ब रुपैयाँबराबरको निक्षेप संलकन गरेको बैंकले १ खर्ब ७० अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ८२ करोड ९३ लाख रुपैयाँले रिभर्सल भएको छ । बैंकको वितरणयोग्य मुनाफा ५ करोड २३ लाख रुपैयाँ र लाभांश क्षमता ३.३७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १३.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७३२.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.५१ रुपैयाँ,तरलता अनुपात ३३.०४ प्रतिशत र मूल्य आम्दानी अनुपात १४.५५ गुणा कायम भएको छ ।
अघिल्लो आवमा भने बैंकले ईपीएस ८.७१ रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।