शुक्रबार, श्रावण २९,२०८३ 07:52:35
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 07:52:35
Bizshala
Global IME Bank Limited

१०४१% ले बढ्यो हिमालयन बैंकको नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?

Prabhu Bank Limited
१०४१% ले बढ्यो हिमालयन बैंकको नाफा, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०४१.१६ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवको सोही अवधिसम्म १२ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा १० अर्ब ४५ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब १५ करोडबाट घटेर १ अर्ब ६ करोडमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब २६ करोड र सञ्चालन मुनाफा २ अर्ब ६२ करोड रहेको छ ।

CG Motors

चौथो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भको आकार २६ अर्ब ८० करोड रुपैयाँ धनात्मक रहेको छ ।  

बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह घटेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब ९ अर्बबाट बढेर ३ खर्ब ५१ अर्ब पुगेको छ। यस्तै कर्जा प्रवाह भने २ खर्ब ३० अर्ब रुपैयाँबाट घटेर २ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ७.९६ प्रतिशत रहेको छ । अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ७५ करोड रुपैयाँ छुट्टाएको बैंकले समीक्षा अवधिसम्म भने २ अर्ब ८९ करोड रुपैयाँ छुट्टाएको छ ।  

चौथो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.६० रुपैयाँबाट बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८५१.०४ रुपैयाँ र तरलता अनुपात ३५.३२ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X