–रविन ठकुरी
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा जारी ‘नाइमा मोविलिटी एक्स्पो–२०२६’ मा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनको सहभागिता बढी छ । आगन्तुकको आकर्षण चार पाङ्ग्रेसँगै दुई पाङ्ग्रे सवारीसाधनमा पनि उत्तिकै रहेको छ ।
सवारीसाधनको खरिद–विक्री बढाउन दुई पाङ्ग्रेले अफरहरु सञ्चालन गरिरहेका छन् । एक्स्पोमा आउने अवलोकनकर्ताको भिड दुई पाङ्ग्रे सवारीसाधनको स्टलमा धेरै नै देखिएको छ ।
दुई पाङ्ग्रे सवारीसाधनको बुकिङ्ग पनि सोहिअनुसार बढीरहेको छ । बुकिङ्गको यो संख्या एक्स्पोको अन्तिम दिनसम्म अझै बढ्ने अनुमान छ ।
एक्स्पोमा होण्डाको स्टलमा बढ्यो भिड, विभिन्न अफरले ग्राहक आकर्षित
नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा।लि। हो । स्याकारले होण्डाको दुई पाङ्ग्रे बाइक र स्कुटरको विक्री वितरण गर्दै आइरहेको छ । स्याकारले ‘नाइमा’ एक्स्पोमा राखेको स्टलमा आगन्तुकको भिड अत्याधिक देखिन्छ । स्याकारले होण्डाको स्कुटर र बाइकमा राखेको विभिन्न अफर र स्किमका कारण आगन्तुकको भिड बढेको हो ।
‘अहिलेसम्म ६ वटा होण्डाको बाइक र स्कुटर बुकिङ्ग भइसेकेका छन् । २० वटा भन्दा बढी विक्री भइसकेका छन् । हाम्रो स्टलमा हालसम्म ५ सय भन्दा बढी आगन्तुकले भ्रमण गरिसकेका छन् ।’, होण्डाका एरिया प्रतिनिधि रिजन सुवालले भने ।
‘होण्डाले एक्स्पोमा ३ वटा स्किम सञ्चालन गरिरहेको छ । क्यास ब्याक, क्याच एण्ड विन र फ्रि वासको स्किमले गर्दा होण्डाको स्टलमा आगन्तुकको भिड बढेको हो ।’, होण्डाको मिडिया कोओडिनियटर रितिज डङ्गोलले भने ।
‘गोल्डेन कि स्किममा ५० हजार रुपैयाँको क्यास ब्याक रहेको छ । क्यास ब्याक स्किममा दैनिक ४ हजार रुपैयाँको नगद फिर्ताको अफर छ । यी अफरले गर्दाले आगन्तुक हाम्रो स्टलमा आकर्षित भएका हुन् ।’, उनले भने ।
होण्डा साइन–१२५ को बजार मूल्य २ लाख ९४ हजार ९ सय देखि ३ लाख १९ हजार ९ सय रुपैयाँसम्म रहेको छ । होण्डाको डिओ स्कुटरको बजार मूल्य २ लाख ८४ हजार ९ सय देखि ३ लाख ३१ हजार ९ सय रुपैयाँसम्म रहेको छ ।

सुजुकीका बाइक–स्कुटरमा आकर्षण, ५० भन्दा बढी बुकिङ्ग
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स हो । ‘नाइमा’ एक्स्पोमा भीजी अटोमोबाइल्सले सुजुकीको बाइक र स्कुटर प्रद्धर्शनीमा राखेको छ । सुजुकीको दुई पाङ्ग्रे सवारीसाधन अवलोकन गर्ने आगन्तुकको संख्या धेरै नै थियो ।
‘अहिलेसम्म सुजुकीको ५० भन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन बुकिङ्ग भइसकेका छन् । २५० देखि ३०० आगन्तुक दैनिक हाम्रो स्टलमा आइरहेका छन् ।’, सुजुकीको सेल्स प्रमुख सुवास क्षेत्रीले भने ।
‘नाइमा एक्स्पो अवधिभर बुकिङ्ग र खरिद गर्ने ग्राहकलाई १५ हजार क्यास डिस्काउन्ट दिइरहेका छौं । यो क्यास डिस्काउन्टको अफरले ग्राहक हाम्रो स्टलमा आकर्षित भइरहेका हुन् ।’, उनले भने ।
सुजुकीको १५५ सिसिको जिक्सरको ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । सुजुकीको एक्सेस १२५ कनेक्टको बजार मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ ।
बरगम्यान १२५ सिसिको ३ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ । सुजुकीको एभिनिस १२५ सिसिको ३ लाख २३ हजार ९ सय रुपैयाँ रहेको छ । सुजुकीको भि–स्ट्रोम एस एक्स २४९ सिसिको बजार मूल्य ६ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।

याडियाको स्टलमा बढ्दो आकर्षण, २७ स्कुटर बुकिङ्ग
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा।लि। हो । दुई पाङ्ग्रे अन्तर्गतको याडियामा आतन्तुकको आकर्षण बढ्दो छ । यसमा रहेका क्यास डिस्काउन्ट अफर, ब्राण्ड भ्यालू लगायतले याडियको स्टलमा अवलोकनकर्ता ध्यान तानिरहेको छ ।
‘याडियाको २६ देखि २७ वटा स्कुटर बुकिङ्ग भइसकेका छन् । २०० देखि ३०० अवलोकनकर्ताले स्टल भ्रमण गरिसकेका छन् ।’, याडियाको सिनियर अफिसर सञ्जिव अवालले भने ।
‘याडियाको स्कुटर खरिदमा १० हजार रुपैयाँको क्यास डिस्काउन्ट दिएका छौं । यसको रेन्जको अरु दुई पाङ्ग्रेभन्दा याडियाको मूल्य ८० हजारदेखि एक लाख कम छ । यसले गर्दा याडियामा आगन्तुक आकर्षित भइरहेका हुन् ।’, उनले भने ।
याडियाको जिएस–७० को २ लाख ३० हजार, जिटी–७० को ३ लाख ६५ हजार, जिटी–८० को ३ लाख ३० हजार, भेल्याक्सको २ लाख ८० हजार र केनिसिसको ६ लाख ६० हजार रुपैयाँ रहेको छ ।

केरेन स्कुटरमा ५ हजारसम्म नगद छुट, ५० भन्दा बढी बुकिङ्ग
नेपालका लागि केरेन स्कुटरको आधिकारिक वितरक इभोक नेपाल प्रा।लि। हो । ‘नाइमा’ ले आयोजना गरेको ‘नाइमा मोविलिटी एक्स्पो–२०२६’ केरेन स्कुटरले क्यास डिस्कान्टको अफर दिइरहेको छ । केरेन स्कुटर खरिद गर्नका लागि आउने अवलोकनकर्ताको भिड पनि धेरै नै देखिन्छ ।
‘अहिलेसम्म हाम्रो ५० भन्दा बढी स्कुटर बुकिङ्ग भइसकेका छन् । २ हजार भन्दा बढी अवलोकनकर्ताले स्टल भ्रमण गरिसकेका छन् ।’, केरेन स्कुटरका सेल्स प्रतिनिधि अहिल्या ढकालले भने ।
‘हामीले ५ हजार रुपैयाँको क्यास डिस्काउन्ट दिइरहेका छौं । हाम्रो स्कुटर खरिद गर्ने ग्राहकलाई १२ हजार रुपैयाँ बराबरको हेलमेट निःशुल्क दिइरहेका छौं । हामीसँग भएका यी अफरले अवलोकनकर्ताको ध्यान तानिरहेको छ ।’, उनले भनिन् ।
केरेनको बेलेज प्रो स्कुटरको २ लाख ८० हजार रुपैयाँ रहेको छ । यसमा दिएको ५ हजार रुपैयाँको क्यास डिस्काउन्टपछि बजार मूल्य २ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
नोभा स्कुटरमा ‘नाइमा’ एक्स्पोमा लन्च भएको स्कुटर हो । यसको मूल्य २ लाख ९८ हजार थियो भने क्यास डिस्काउन्ट पछि बजार मूल्य २ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
एसआरटी–७ को ३ लाख ४० हजार थियो भने क्यास डिस्काउन्ट पछि बजार मूल्य ३ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
बेलेज लाइट ‘नाइमा’ एक्स्पोमा लन्च भएको स्कुटर हो । यसको मूल्य २ लाख ४३ हजार थियो भने क्यास डिस्काउन्टपछि बजार मूल्य २ लाख २९ हजार रुपैयाँ भएको छ ।
स्टार डस्टको मूल्य २ लाख ३९ हजार थियो भने क्यास डिस्काउन्टपछि २ लाख ३४ हजार रुपैयाँ भएको हो ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।