आईतवार, श्रावण ३१,२०८३ 10:16:41
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 10:16:41
Bizshala
Global IME Bank Limited

नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता, आज समापन हुँदै

Prabhu Bank Limited
नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता, आज समापन हुँदै
New Office

काठमाण्डौ । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन ९नाइमा०ले छ दिनमा डेढ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखेको भए पनि पाँचौँ दिनमै उक्त लक्ष्य पूरा भएको हो।

आयोजकका अनुसार शनिबार मात्रै ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। यसअघि उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढी अवलोकनकर्ता एक्स्पो पुगेका थिए।

एक्स्पोको पाँचौँ दिनसम्मको उत्साहजनक सहभागिताले आयोजक उत्साहित भएका छन्। अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले आफूहरू उत्साहित भएको बताए।

CG Motors

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै उपभोक्ताको ध्यान आकर्षित गरिरहेका छन्। हालसम्म एक्स्पोमा विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्।

विशेषगरी विद्युतीय सवारीसाधनप्रति अवलोकनकर्ताको चासो उल्लेख्य देखिएको छ। उनीहरूले ब्याट्री क्षमता, मोटर, ड्राइभिङ रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुका विषयमा जानकारी लिइरहेका छन्।

ग्राहक आकर्षित गर्न सहभागी कम्पनीहरूले विभिन्न छुट, अफर तथा सुविधा पनि सार्वजनिक गरेका छन्। एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म प्रदर्शनमा राखिएका छन्।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो। स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको एक्स्पो आज साउन ३१ गते समापन हुँदैछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.