सोमबार, भाद्र १,२०८३ 05:53:10
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 05:53:10
Bizshala
Global IME Bank Limited

जसपाको समर्थनले जोगियो लुम्बिनी सरकार, मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

जसपाको समर्थनले जोगियो लुम्बिनी सरकार, मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
New Office

काठमाण्डौ । लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेसँगै सरकारमाथि देखिएको राजनीतिक अनिश्चितता टरेको हो।

८३ सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमत सिद्ध गर्न ४२ मत आवश्यक थियो। सोमबारको मतदानमा सहभागी ७१ सांसदमध्ये मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत परेको थियो भने २६ मत विपक्षमा परेको थियो। सभामुख तुलाराम घर्तीमगरले बहुमत प्राप्त भएको घोषणा गरेसँगै आचार्यले सरकार सञ्चालनका लागि संवैधानिक आधार कायम राखेका छन्।

Bizshala
CG Motors

आचार्यलाई नेकपा एमाले, नेकपा, जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र राष्ट्रिय जनमोर्चाका सांसदले समर्थन गरेका हुन्। एमालेका २९, नेकपाका ११, जसपा नेपालका ४ र जनमोर्चाका एक सांसदले विश्वासको मत दिएका थिए।

मुख्यमन्त्री आचार्यको सरकार जोगाउन जसपा नेपालको समर्थन निर्णायक बनेको छ। पार्टीको केन्द्रीय तहबाट सरकारबाट बाहिरिन निर्देशन दिइए पनि लुम्बिनीमा जसपा नेपालको संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो।

विश्वासको मतसम्बन्धी मतदानमा प्रदेश सभाका आठ सांसद अनुपस्थित रहे भने तीन सांसद तटस्थ बसे। अनुपस्थित हुनेमा अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा रहेका छन्।

सत्तारूढ नेकपाकी एक सांसद विदेशमा रहेकाले मतदानमा सहभागी हुन नसकेको बताइएको छ। जसपा नेपालकी अम्बिका काफ्ले पनि बैठकमा अनुपस्थित रहिन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.