–रविन ठकुरी
काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याचरर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको ६ दिने ‘नाइमा नेपाल मोविलिटी एक्स्पो–२०२६’ को समापन भएको छ । एक्स्पोमा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रेसम्म र विद्युतीयदेखि इन्धन सवारीसाधन प्रद्धर्शनी गरिएको हो ।
एक्स्पो अवधिभर ३५ सय गाडी बुकिङ्ग भएका छन् । करिब २ हजार दुई पाङ्ग्रे सवारीसाधन बुकिङ्ग भएका हुन् । नाइमा एक्स्पोमा ५६ ब्राण्डका ४४ मोडल लञ्च भएका छन् ।
६ दिनसम्म चलेको ‘नाइमा’ एक्स्पोमा १ लाख ८० हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् । ‘नाइमा’ एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौ दिन ४२ हजार अवलोकनकर्ताले भ्रमण गरेका हुन् ।
बीवाईडीको १ हजार युनिट बुकिङ्ग, चारपाङ्ग्रेमा चिनियाँ ब्राण्डको दबदबा
‘नाइमा’ एक्स्पोमा विवाइडीको सबैभन्दा धेरै १ हजार युनिट गाडी बुकिङ्ग भएका छन् । चेरीको ७००, महिन्द्राको १००, हुण्डाईको १५०, लिपमोटरको २०० गाडी बुकिङ्ग भएका हुन् ।
म्याक्ससको ३४, निसानको २१, टेकटनको १४, आइकारको ५०, ओजेको ५०, टोयटाको ४६, र्याभको ४, कियाको ७०, महिन्द्राको १००, होङग्छीको ५५ युनिट गाडी बुकिङ्ग भएका छन् । वुलिङको ४५०, एमजीको ३२९, प्रोटोनको १००, ग्रेटवाल मोटर्सको २०५ युनिट गाडी बुकिङ्ग भएका हुन् ।
त्यसैगरि दुई पाङ्ग्रे अन्तर्गत एथरको ४००, सीएक्स मोटोको २००, याडियाको १४५ र ट्रायम्फको १०० युनिट बुकिङ्ग भएका छन् । साथै, एक्स्पोमा जेडएक्स मोटो ८२० आरआरको ५ र जेडएक्स ५०० को २० युनिट बुकिङ्ग भएका छन् ।
दुई पाङ्ग्रेको सबै मोडलको गरि कुल ५० युनिट बुकिङ्ग भएका छन् । सीएफमोटोको १०८, सुजुकीको ५०, भोल्टसको २५, मोर्बिडेलीको ४५, रोयल इनफिल्डको १००, केटीएमको ६० युनिट मोटरसाइकल बुकिङ्ग भएका हुन् ।
नाइमा एक्स्पोमा कामाका ५० भन्दा बढी विद्युतीय कमर्सियल गाडी बुकिङ्ग
नेपालका लागि चिनियाँ लाइट कमर्सियल भेहिकल कामाको आधिकारिक वितरक त्रिवेणी मोटोकर्प हो । ‘नाइमा’ एक्स्पोमा कामाले इडब्लू–१ र इडब्लू–२ कन्टेनर प्रद्धर्शनीमा राखेको थियो । ‘नाइमा’ मा राखेको इडब्लू–१ को मूल्य २७ लाख ९० हजार र इडब्लू–२ कन्टेनरको मूल्य २९ लाख ९० हजार रुपैयाँ रहेको छ ।
‘एक्स्पोमा ५० भन्दा बढी गाडी बुकिङ्ग भए । यो भन्दा अघि ४०० भन्दा बढी बुकिङ्ग भइसकेका थिए । कामाको गाडीलाई अवलोकन गर्न दैनिक १५० देखि २०० अवलोकनकर्ता आएका छन् ।’, कामा कमर्सियल गाडीको डिलर्स म्यानेजर प्रज्जवल न्यौपानेले भने ।
‘नाइमा एक्स्पोमा ५० हजार क्यास डिस्काउन्ट दिएका थियौं । एक्स्पोभन्दा अघि ४० हजार क्यास डिस्काउन्ट दिएका थियौं । यसमा कुल ९० हजार क्यास डिस्काउन्टको अफर थियो । एक वर्षको निःशुल्क इन्स्योरेन्स र रोड ट्याक्स पनि दिएका थियौं । यसले एक्स्पो अवधिभर गाडीमा आकर्षण बढायो ।’, उनले भने ।
इडब्लू–२ ९८ फिट० को मूल्य २७ लाख ७० हजार, इडब्लू–१ २टी ९११ फिट० को ३३ लाख ९० हजार र १४ सिटर भ्यानको ५३ लाख ९० हजार रुपैयाँ रहेको छ ।

एक्स्पोमा जोङ्गटोङ्गको १५ सिटर कमर्सियल इभीको २० युनिट बुकिङ्ग
नेपालका लागि जोङ्गटोङ्ग कमर्सियल इभी गाडीको आधिकारिक वितरक स्पार्क अटोमोटिभ्स प्रा।लि। हो । ‘नाइमा’ एक्स्पोमा जोङ्गटोङ्गले आफ्नो १४ सिट क्षमताको कमर्सियल इभी प्रद्धर्शनीमा राखेको थियो । यसको बजार मूल्य ६२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
‘एक्स्पोमा जोङ्गटोङ्गको १५ देखि २० युनिट कमर्सियल इभी बुकिङ्ग भएका छन् । एक्स्पो अवधिभर यसलाई अवलोकन गर्न २०० देखि ३०० भ्रमणकर्ता आएका छन् ।’, जोङ्गटोङ्ग कमर्सियल इभी भ्यानका माक्रेटिङ्ग हेड हरमन सिंहले भने ।
‘जोङ्गटोङ्गको कमर्सियल इभी भ्यानमा २ लाख रुपैयाँ क्यास डिस्काउन्ट दिएका थियौं । २ लाख रुपैयाँ मूल्य बराबरको इभी स्कुटर वा सामसङ्गको मोबाइल र टिभी निःशुल्क दिने अफर पनि राखेका थियौं ।’, उनले भने ।
‘यो गाडीको खरिद गर्दा एक वर्षको निःशुल्क इन्स्योरेन्स र रोड ट्याक्सको अफर पनि राखेका थियौं । क्याटलको ब्याट्री र स्पेसियस १५ सिटर गाडी भएकाले यसमा एक्स्पो अवधिभर आकर्षणको केन्द्र बन्यो ।’, उनले भने ।

नाइमा एक्स्पोमा क्यारी कमर्सियल ईभी भ्यानका ८ युनिट बुकिङ्ग
नेपालका लागि क्यारी कमर्सियल इभी भ्यानको आधिकारिक वितरक एल।एक्स।जी। मोटर्स प्रा।लि। हो । ‘नाइमा’ एक्स्पोमा एल।एक्स।जी। मोटर्सले आफ्नो क्यारी केभ्यान–१ इभी र केभ्यान–२ इभी प्रद्धर्शनीमा राखेको थियो ।
‘एक्स्पो अवधिभर क्यारी कमर्सियल इभी भ्यानको ७ देखि ८ युनिट बुकिङ्ग भएका छन् । क्यारीका स्टलमा १ हजार भन्दा भ्रमणकर्ता आएका छन् ।’, क्यारी कमर्सियल इभी भ्यानका सेल्स कन्सल्टेन्ट अमरिता भट्टले भनिन् ।
‘एक्स्पो अवधिभर ६ लाख ७० हजार रुपैयाँको क्यास डिस्काउन्ट दिएका छौं । एक वर्षको लागि निःशुल्क इन्स्योरेन्स र रोड ट्याक्स दिएका थियौं ।’, उनले भनिन् ।
क्यारी केभ्यान–१ ९५३ किलोवाट० को मूल्य ६६ लाख ९६ हजार, केभ्यान–२ ९५३ किलोवाट भन्दा माथि० को ७२ लाख ९६ हजार र केभ्यान–२ ९७० किलोवाट० को ८३ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
पाइडी टी (पिकअप) फ्ल्यागसिपको ११ लाख ९६ हजार, फ्ल्यागसिप विथ एसीको १२ लाख ७६ हजार, कन्टेनर ९फ्ल्यागसिप० को १२ लाख ९६ हजार र फ्ल्यागसिप एसीको १३ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

‘नाइमा’ एक्स्पोमा डोङ्गफेङ्गका ११ विद्युतीय बस बुकिङ्ग
नेपालका लागि डोङ्गफेङ्ग विद्युतीय वसको आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा।लि। हो । ‘नाइमा’ एक्स्पोमा डोङ्गफेङ्ग विद्युतीय बस अन्तर्गत सिटी बस र लक्जरी बस प्रद्धर्शनीमा राखेको थियो ।
‘एक्स्पो अवधिभर डोङ्गफेङ्गको ११ युनिट बस बुकिङ्ग भएका छन् । बुकिङ्ग भएका यी बस पर्यटक र स्कुलका लागि हुन् ।’, डोङ्गफेङ्ग इभी बसका सेल्स एसिसटेन्ट सविन नेपालले भने ।
‘डोङ्गफेङ्ग बसमा ५ लाख रुपैयाँको क्यास डिस्काउन्ट दिएको थियौं । एक वर्षको निःशुल्क इन्स्योरेन्स र रोड ट्याक्स पनि दिएका थियौं ।’, उनले भने ।
‘यहि रेञ्जको अरु विद्युतीय बसभन्दा यो २० लाख रुपैयाँ सस्तो छ । यो बस राम्रो र विइउल्ट क्वालिटी छ ।’, उनले भने ।
डोङ्गफेङ्गको २८ सिट क्षमताको इभी सिटीको बजार मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको २६ सिट क्षमता भएको इभी लक्जरी बसको १ करोड १४ लाख ५० हजार रुपैयाँ रहेको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।