शुक्रबार, आश्विन २३,२०८३ 06:14:57
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 06:14:57
Bizshala
Global IME Bank Limited

रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तत्काल पठाउने सरकारको निर्णय

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि साढे दुई करोड परिचालन, तीन जिल्लाका विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने

Bizshala
रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तत्काल पठाउने सरकारको निर्णय
New Office

 

काठमाण्डौ ।भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम अघि बढाउन सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तीन जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिमार्फत कुल २ करोड ५० लाख रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार उक्त रकम उद्धार, राहत तथा आपतकालीन व्यवस्थापनमा प्रयोग गरिनेछ।

‘नुवाकोट, रसुवा र धादिङ तीनवटै जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिलाई आपतकालीन अवस्थाका लागि रकम पठाउने निर्णय गरेका छौं,’ उप्रेतीले भने, ‘रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ पठाउँदै छौं।’

उनले सरकार घटनाप्रति गम्भीर र संवेदनशील रहेको तथा सबै सुरक्षा तथा विपद् व्यवस्थापन संयन्त्र सक्रिय रूपमा परिचालित रहेको बताए।

प्राधिकरणका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभर क्षेत्रमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको बाढीले नेपालतर्फ रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक आकलन छ।

बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी र रसुवागढी क्षेत्रलाई विशेष रूपमा प्रभावित गरेको छ। घटनापछि तत्काल विपद् कमान्ड पोस्टको बैठक बसेर खोजी, उद्धार तथा राहतका कामलाई तीव्रता दिइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चितवनसम्म एसएमएस अलर्ट

जोखिम न्यूनीकरणका लागि जल तथा मौसम विज्ञान विभागको प्रणालीमार्फत बिहान ९ बजेर ५ मिनेटमा चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएस अलर्ट पठाइएको थियो।

बाढीको अवस्था निरन्तर ट्रयाक गर्दै प्रत्येक आधा घण्टामा सतर्कता सूचना जारी गर्ने व्यवस्था मिलाइएको छ। बाढीका कारण विभागको एउटा स्टेसनसमेत बगाएको जनाइएको छ।

प्राधिकरणका अनुसार बाढी मलेखु पार गरेर अगाडि बढिसकेको छ। मुग्लिन बजारसहित त्रिशूली नदी करिडोरका तल्लो तटीय क्षेत्रमा अझै उच्च निगरानी कायम गरिएको छ।

तिब्बततर्फ बनेको अस्थायी बाँध फुटिसकेपछि माथिल्लो क्षेत्रमा पानीको सतह घट्दै गएको र थप जोखिम क्रमशः कम हुने अपेक्षा गरिए पनि सम्बन्धित निकायले अर्को सूचना नआएसम्म तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कतामा रहन आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.