काठमाण्डौ । गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई जना महिला कर्मचारी सम्पर्कविहीन भएका छन्।
बैंकका अनुसार नयाँ बानेश्वर शाखामा कार्यरत बिजेता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठ गोसाइँकुण्ड तीर्थयात्राका लागि जाने क्रममा नुवाकोटको बेत्रावतीबाट सम्पर्कविहीन भएका हुन्।
उनीहरू २०८३ साल भदौ १० गते बिहान करिब ९:१५ बजेपछि बेत्रावतीबाट सम्पर्कविहीन भएको बैंकले जनाएको छ। हालसम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।
मुक्तिनाथ विकास बैंकले दुवै कर्मचारीको अवस्थाबारे जानकारी प्राप्त भएमा नजिकैको बैंकको कुनै पनि शाखा वा तोकिएका सम्पर्क नम्बरमा तत्काल जानकारी गराइदिन सर्वसाधारणलाई आग्रह गरेको छ।
जानकारीका लागि बैंकले १६६००१४९९९९, +९७७-०१-५९००८८७ वा ९८०२३०६६६३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
बैंकले सम्पर्कविहीन कर्मचारीको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्न सहयोग गरिदिन सबैमा आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।