बिहीबार, भाद्र ११,२०८३ 04:39:09
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 04:39:09
Bizshala
Global IME Bank Limited

नेपालका दुई नदीको दोभानमा बन्यो विशाल ‘ताल’, तीन दिनभित्र फुट्ने जोखिम

२० लाख घनमिटर पानी जमिसक्यो, थप ३० लाख घनमिटर थपिन सक्ने अनुमान; चीनले आपत्कालीन तयारी तीव्र बनायो

नेपालका दुई नदीको दोभानमा बन्यो विशाल ‘ताल’, तीन दिनभित्र फुट्ने जोखिम
New Office

 

 

काठमाण्डौ । नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल नजिकै ठूलो परिमाणमा पानी थुनिएर ‘ताल’ बनेपछि नयाँ विपद्को जोखिम बढेको छ।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। ताल भरिएर पानी बाहिर बग्न सुरु गरेको अनुमानसमेत गरिएको छ।

चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार आगामी तीन दिनभित्र उक्त तालमा थप ३० लाख घनमिटर पानी थपिन सक्ने अनुमान गरिएको छ। यही कारण ताल फुट्ने जोखिम उच्च रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चाइना सेन्ट्रल टेलिभिजनलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा तालको आकार, पानीको बहाव र सम्भावित फुटाइको अवस्थालाई चिनियाँ जलस्रोत मन्त्रालयले निरन्तर निगरानी गरिरहेको उल्लेख छ।

Bizshala
CG Motors

बाढीको ‘सिमुलेशन’ सुरु

सम्भावित ताल फुटाइपछि उत्पन्न हुन सक्ने बाढीको प्रभाव आकलन गर्न चिनियाँ अधिकारीहरूले बाढी सिमुलेशन र जोखिम विश्लेषण सुरु गरेका छन्।

ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पानीको बहाव कति तीव्र हुन सक्छ, कुन क्षेत्र बढी जोखिममा पर्न सक्छ र उद्धार तथा स्थानान्तरण कसरी गर्ने भन्ने विषयमा आपत्कालीन तयारी भइरहेको जनाइएको छ।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको पछिल्लो विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याइरहेका बेला अर्को ताल फुट्ने जोखिमसम्बन्धी सूचना सार्वजनिक भएपछि नेपालतर्फका तटीय क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ।

चीनतर्फ उद्धार टोली व्यापक परिचालन

नेपाल–चीन सीमा क्षेत्रको नेपाली भू–भागबाट सुरु भएको लेदोसहितको पहिरोले चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित जिरोङ अर्थात् केरुङ क्षेत्रमा समेत क्षति पुर्‍याएपछि चीनले उद्धार तथा विपद् व्यवस्थापनको काम तीव्र बनाएको छ।

भौगोलिक कठिनाइ, लगातारको वर्षा र अर्को विपद् आउन सक्ने जोखिमका बीच चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरू परिचालन गरिएका छन्।

उद्धारका लागि विमान, इन्जिनियरिङ उपकरण, सञ्चार सामग्री तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको जनाइएको छ।

अहिले चिनियाँ अधिकारीहरूको मुख्य ध्यान बनेको नयाँ तालको अवस्थामाथि केन्द्रित छ। आगामी तीन दिनमा पानीको मात्रा उल्लेख्य बढ्न सक्ने अनुमान गरिएकोले सम्भावित फुटाइको जोखिमलाई उच्च प्राथमिकतामा राखेर निगरानी र पूर्वतयारी भइरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.