Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 07:50:14
Bizshala
Global IME Bank Limited

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख रुपैयाँ सहयोग घोषणा

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख रुपैयाँ सहयोग घोषणा
New Office

काठमाण्डौ । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepalले नेपालमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

MAXUS Nepal ले चीनस्थित SAIC MAXUS Automotive Co., Ltd. सँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग घोषणा गरेको हो।

घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ। उक्त रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा उपयोग हुनेछ।

Bizshala
CG Motors

बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रभावित क्षेत्रमा सामाजिक संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा वितरण गरिने भएको छ। तत्काल सहयोग आवश्यक रहेका र बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पहिचान गरी राहत सामग्री वितरण गरिने कम्पनीले जनाएको छ।

प्रत्यक्ष राहत वितरणका लागि MAXUS Nepal ले सम्बन्धित सरकारी निकाय, सामाजिक संस्था तथा अन्य सरोकारवालासँग समन्वय गरी प्राथमिकताका क्षेत्र र आवश्यक सामग्री पहिचान गर्ने जनाएको छ। राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, प्रक्रिया तथा कार्यान्वयनको समयतालिका भने हाल छलफल तथा समन्वयको क्रममा रहेको कम्पनीले स्पष्ट पारेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत विवरण आवश्यक तयारी तथा समन्वय पूरा भएपछि छुट्टै सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.