काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी प्रभु बैंक लिमिटेडका चार कर्मचारी बेपत्ता भएका छन्।
बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै टिमुरे र स्याफ्रुबेँसी शाखामा कार्यरत चार कर्मचारी भदौ १० गते बिहान करिब ८ः४० बजेदेखि सम्पर्कविहीन रहेको जनाएको छ।
बेपत्ता हुनेमा टिमुरे शाखाका किशोर गोली, स्याफ्रुबेँसी शाखाकी नवाङ तामाङ तथा सुरक्षाकर्मी नुरसाङ तामाङ र नेत्रप्रसाद रोकाया रहेका छन्। उनीहरूको अवस्था अहिलेसम्म अज्ञात रहेको बैंकले उल्लेख गरेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि चारै जनासँग सम्पर्क स्थापित हुन सकेको छैन। बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल सम्पर्क गरेर जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
बैंकले सूचना दिनका लागि ९७०१०१२१४८ र ९८५११०८८९८ नम्बर उपलब्ध गराएको छ।
भोटेकोशीमा आएको भीषण बाढीले रसुवाका विभिन्न बस्ती, सडक, पुल तथा व्यावसायिक संरचनामा ठूलो क्षति पुर्याउनुका साथै कैयौँ मानिसलाई बेपत्ता बनाएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ताको खोजीलाई निरन्तरता दिइरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।