काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको हो।
भदौ १० गते बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको गेग्रानसहितको भीषण बाढीले भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
बैंकले विपत्तिबाट ज्यान तथा सम्पत्तिमा पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाएको छ।
हिमालयन बैंकले संकटको यस घडीमा सम्बन्धित सबै पक्षलाई धैर्यका साथ उद्धार तथा राहत कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ।
बैंकले बाढी प्रभावित नागरिक तथा समुदायको उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।