बिहीबार, श्रावण ७,२०८३ 03:37:00
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 03:37:00
Bizshala
Global IME Bank Limited

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त
New Office

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भरत बहादुर कार्कीलाई नियुक्त गरिएको छ । 

बैंकको संचालक समितिद्वारा कार्कीलाई आगामी १४औं वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी आगामी ४ बर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।  

यसका साथै, नव नियुक्त सञ्चालक कार्कीद्वारा बैंकको कर्पोरेट कार्यालय, बनेपामा सम्पन्न कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा बैंकको सञ्चालक समिति समक्ष शपथ ग्रहण कार्य समेत सम्पन्न गरिएको बैंकले जनाएको छ ।

२०६७ साल भाद्र २४ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट राखी कारोवार संचालन गरेको बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २६ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २७ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.