सिन्धु विकास बैंकको कामु सीईओमा केसी नियुक्त
काठमाण्डौ । सिन्धु विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ) पदमा गणेश कुमार केसी नियुक्त भएका छन् । माघ ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले केसीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

