काठमाण्डौ । सिन्धु विकास बैंकले साधारण सभा डाकेको छ । बैंकको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी फागुन १५ गते काभ्रेको धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक अन्य प्रकृया पूरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्त गर्ने र ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

