सोमबार, भाद्र २२,२०८३ 12:57:29
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 12:57:29
Bizshala
Global IME Bank Limited

अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानिज : ‘यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न’

३६ अस्ट्रेलियाली अझै सम्पर्कविहीन, ‘हरेक दिनसँगै बेपत्ता भेटिने आश चमत्कारजस्तै बन्दै गएको छ’

अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानिज : ‘यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न’
New Office

 

काठमाण्डौ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको यो घडीमा नेपाल एक्लै नरहेको बताएका छन्।

अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले बाढीका कारण आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जानकारीसमेत दिएका छन्।

उनले गत अगस्ट २६ मा हिमपहिरोपछि आएको बाढीले सीमा क्षेत्रको दुवैतर्फ ठूलो विनाश निम्त्याए पनि त्यसको सबैभन्दा गम्भीर असर नेपालले बेहोर्नुपरेको उल्लेख गरे।

‘धेरै मानिसले आफ्ना प्रियजन, घर, सिङ्गो गाउँ र जीविकोपार्जनका आधार गुमाएका छन्,’ अल्बानिजले संसद्‌मा भने, ‘हरेक बित्दो दिनसँगै बेपत्ता भएकाहरू जीवितै भेटिने आश चमत्कारजस्तै बन्दै गएको छ।’

उनले सम्पर्कविहीन रहेका ३६ अस्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति सम्पूर्ण अस्ट्रेलियाली जनताको सहानुभूति र साथ रहेको बताए।

नेपालले राष्ट्रिय शोक मनाइरहेका बेला अस्ट्रेलियाली प्रधानमन्त्रीले नेपाली जनताप्रति विशेष ऐक्यबद्धता प्रकट गरेका छन्।

‘आज नेपाल राष्ट्रिय शोकमा छ। म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु—यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न,’ उनले भने।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री अल्बानिजले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता भएको जानकारीसमेत संसद्‌लाई गराएका छन्।

वार्ताका क्रममा उनले अस्ट्रेलिया सरकार र जनताको तर्फबाट नेपालमा भएको मानवीय क्षतिप्रति गहिरो समवेदना प्रकट गरेका थिए।

बाढीपछि अस्ट्रेलिया सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग निरन्तर समन्वय गरिरहेको पनि उनले बताएका छन्।

अल्बानिजले बेपत्ताहरूको खोजी जारी रहेकाले आशा नहार्न र प्रभावित परिवारका लागि प्रार्थना गर्न अस्ट्रेलियाली नागरिकलाई आग्रह गरेका छन्।

विपद् राहतका लागि सुरु गरिएको आपत्कालीन सहायता अभियानमा अस्ट्रेलियाली जनताले देखाएको सहयोग र उदारताको उनले विशेष प्रशंसा गरेका छन्।

उनका अनुसार संकटका बेला विभिन्न समुदाय र नागरिकले देखाएको ऐक्यबद्धताले ठूलो मानवीय विपत्तिसमेत साझा भावना र सहकार्यबाट सामना गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

‘यसले जस्तोसुकै ठूलो विपद् आए पनि हामी एकजुट भएर, साझा मानवीय भावनाका साथ त्यसको सामना गर्न सक्छौँ भन्ने शक्तिशाली सन्देश दिएको छ,’ प्रधानमन्त्री अल्बानिजले संसद्‌मा भने।

नेपालको बाढीबारे अस्ट्रेलियाली प्रधानमन्त्रीले संसद्‌मै सम्बोधन गर्नु र प्रधानमन्त्रीस्तरमा समवेदना तथा ऐक्यबद्धता व्यक्त हुनु पछिल्लो विपद्प्रति अन्तर्राष्ट्रिय समुदायको बढ्दो चासो र समर्थनको अर्को संकेतका रूपमा देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.