Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 03:42:20
Bizshala
Global IME Bank Limited

ग्यास संकटले खायो मन्त्रीको पद, राजीनामापछि रुँदै मन्त्रालयबाट निस्किइन् गौरीकुमारी

ग्यास संकटले खायो मन्त्रीको पद, राजीनामापछि रुँदै मन्त्रालयबाट निस्किइन् गौरीकुमारी
New Office

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि भावुक हुँदै मन्त्रालय छाडेकी छन्।

पछिल्लो समय इन्धन तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै आलोचना खेपिरहेकी यादव उद्योगीहरूलाई ‘पाता कस्ने’ अभिव्यक्तिका कारण थप विवादमा परेकी थिइन्।

राजीनामा दिएलगत्तै मन्त्रालयबाट बाहिरिने क्रममा यादव भावुक देखिएकी थिइन्। उनको आँखामा आँसु देखिएको थियो। मन्त्रालय परिसरमा सञ्चारकर्मीले प्रतिक्रिया लिन खोजे पनि उनले कुनै प्रश्नको जवाफ नदिई बाहिरिएकी थिइन्।

पछिल्ला केही दिनदेखि काठमाण्डौ उपत्यकासहित विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारमाथि तीव्र दबाब बढेको थियो। ग्यास आपूर्ति, वितरण र उद्योगीहरूको भूमिकालाई लिएर मन्त्री यादव र निजी क्षेत्रबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोपसमेत चलेको थियो।

यादवले उद्योगीहरूले आवश्यक विवरण नदिएको, आपूर्ति व्यवस्थापनमा सहयोग नगरेको तथा सरकारलाई कमजोर बनाएको आरोप लगाउँदै कडा कारबाहीको चेतावनी दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिप्रति नेपाल एलपी ग्यास उद्योग संघले आपत्ति जनाउँदै प्रमाणबिना उद्योगीलाई दोषी ठहर गर्दै भौतिक कारबाहीको धम्की दिनु आपत्तिजनक भएको प्रतिक्रिया दिएको थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

ग्यास अभावकै विषय प्रतिनिधिसभासम्म पुगेको थियो भने विद्यार्थीहरूले समेत सांकेतिक विरोधस्वरूप सडकमा दाउराको चुलो बालेर खाना पकाएका थिए।

यही पृष्ठभूमिमा उद्योगमन्त्री यादवले पदबाट राजीनामा दिएकी हुन्।

यसअघि तत्कालीन श्रममन्त्री दीपक साह विवादमा परेपछि राजीनामा दिएका थिए। त्यसपछि भएको मन्त्रालय हेरफेरमा यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

तर छोटो समयमै उनी पनि विवाद र बढ्दो सार्वजनिक दबाबका बीच मन्त्री पद छाड्न बाध्य भएकी छन्।

राजीनामापछि मन्त्रालयबाट आँसु झार्दै बाहिरिएको दृश्यले उनको बहिर्गमनलाई थप भावनात्मक बनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.