बिहीबार, असार १९,२०८२ 07:12:09
  • बिहीबार, असार १९,२०८२ 07:12:09
Global IME Bank Limited

पूँजी वृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता

Hyundai Nepal
पूँजी वृद्धि र लगानीकर्ता जुटाउन नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छाबीच सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमराबीच पूँजी वृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धमा यहि बैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा सहमति भएको हो । सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छा को तर्फबाट अध्यक्ष इच्छा बहादुर वाग्लेले हस्ताक्षर गरे ।  

सिमरामा अवस्थित होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृत प्राप्त फाइभ स्टार होटल हो । यो होटल २०७३ देखि सञ्चालन हुँदै आएको छ । नयाँ इजाजत पाएपछि होटल इच्छा मधेश प्रदेशकै पहिलो फाइभ स्टार होटल भएको छ । सम्झौता बमोजिम होटल इच्छाको पूँजीवृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

फाइभ स्टार होटल सञ्चालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तराष्ट्रिय स्तरको बनाउन अवश्यक रहको साथै थप सुविधा हरू जडान गर्न ठुलै पूँजीको आवश्यक परेको जनाइएको छ । पूँजी वृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर वृद्धि गर्न सजिलो हुने भएकाले भविष्यमा होटलको पहिचान र दायरा ब्यापक बनाउन सर्वसाधारणलाई पनि सेयर जारी गर्ने योजना रहेको जनाइएको छ ।  

पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको माथि उल्लेखित काम सम्पन्न गर्न परामर्शदातको रूपमा काम गर्नेछ । सञ्चालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ । नेपालभित्र पनि विभिन्न कम्पनिहरूसँग सम्झौता गरि नयाँ कम्पनी स्थापना, सञ्चालित कम्पनीलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उद्योग र बैंक र बीचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.