बुधबार, भाद्र ३१,२०८३ 03:37:43
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 03:37:43
Bizshala
Global IME Bank Limited

जलवायु जोखिम न्यूनीकरणका लागि प्राधिकरण र JICA बिज्ञ विच प्यारामेट्रिक बीमा सम्भावना र चुनौती सम्बन्धमा छलफल सम्पन्न

जलवायु जोखिम न्यूनीकरणका लागि प्राधिकरण र JICA बिज्ञ विच प्यारामेट्रिक बीमा सम्भावना र चुनौती सम्बन्धमा छलफल सम्पन्न
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय र JICA का बिज्ञहरु विच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबाट सिर्जित आर्थिक क्षतिको बीमामार्फत व्यवस्थापन गर्न सकिने उपाय, हाल प्रचलनमा रहेका विभिन्न प्रकारका प्यारामेट्रिक बीमालेख तथा नेपालमा यसको विस्तारका लागि आवश्यक तथ्याङ्क, पूर्वाधार र प्राविधिक पक्षका विषयमा विस्तृत छलफल भएको थियो। 

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले नेपालमा प्यारामेट्रिक बीमाको व्यापक विस्तारका लागि विश्वसनीय, नियमित र पर्याप्त जोखिमसम्बन्धी तथ्याङ्कको उपलब्धता अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले जापान सरकार र प्राधिकरण विच आवश्यक प्राविधिक सहकार्य हुन सकेमा नेपालको आवश्यकता र जोखिम अनुकूल प्यारामेट्रिक बीमालेखको डिजाइन तथा विकास गर्न सहज हुने धारणा व्यक्त गरे । 

Shivam Cement
Bizshala
CG Motors

उनले विशेषगरी उपग्रहबाट प्राप्त तथ्याङ्क, एटलस तथा अन्य प्रविधिमा आधारित तथ्याङ्कको उपयोग गरी बाढी, अत्यधिक तापक्रम, वर्षा, अतिवृष्टि, खडेरीलगायत जलवायुजन्य जोखिमसँग सम्बन्धित सूचकाङ्क (Index) विकास गर्न सकिने सम्भावनातर्फ ध्यानाकर्षण गराए । देशका विभिन्न भौगोलिक क्षेत्रमा उपलब्ध जोखिमसम्बन्धी तथ्याङ्कलाई व्यवस्थित र एकीकृत गर्न सकेमा सोही आधारमा विभिन्न जोखिमका लागि उपयुक्त प्यारामेट्रिक बीमा उत्पादन विकास गरी निर्जीवन बीमा कम्पनीमार्फत देशव्यापी रूपमा विस्तार गर्न सकिने उनले बताए । 

जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित सरकारी तथा प्राविधिक निकायसँग समन्वय र सहकार्य गरी तथ्याङ्कको उपलब्धता, विश्वसनीयता र पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। 

साथै, प्यारामेट्रिक बीमा कार्यान्वयनका क्रममा देखिन सक्ने प्राविधिक तथा व्यावहारिक चुनौती पहिचान गरी समाधानका लागि नियामक निकाय, बीमा कम्पनी, प्राविधिक संस्था तथा अन्य सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। बहुजोखिम (Multiple risk) समेटिएको प्यारामेट्रिक बीमाको सम्भावनाबारे समेत विचार आदानप्रदान भएको थियो।

Muktinath Bikas Bank Limited

सो अवसरमा प्रदेश प्रमुख महर्जनज्यूले नेपाल बीमा प्राधिकरणबाट हालै कार्यान्वयनमा ल्याइएको वन्यजन्तुसम्बन्धी बहुजोखिम बीमालेखको उदाहरण प्रस्तुत गर्दै एउटै बीमालेखमार्फत विभिन्न प्रकारका जोखिमलाई सम्बोधन गर्न सकिने सम्भावना रहेको र यस्ता नवीन तथा आवश्यकतामा आधारित बीमा योजनाको विकासमा जोड दिनुपर्ने धारणा राखे । 

बैठकमा JICA का बिज्ञ डाइकि नोशे (Daiki NOSE), जलवायु जोखिम विज्ञ मधुसुदन गौतम लगायत चार जना विशेषज्ञ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलमा जलवायु तथा विपद्जन्य जोखिमको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै तथ्याङ्क, प्रविधि, अनुसन्धान र बीमाबीचको सहकार्यलाई थप सुदृढ गर्दै नेपालमा प्यारामेट्रिक बीमाको विकास र विस्तारका लागि सम्भावित प्राविधिक सहकार्यका क्षेत्रहरुका विषयमा सकारात्मक छलफल भएको थियो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.