काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको हो ।
बैठकले यही असोज २२ गते काठमाण्डौको नक्सलामा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा आव २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८३ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।