आईतवार, आश्विन ४,२०८३ 01:03:13
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 01:03:13
Bizshala
Global IME Bank Limited

दशैं–तिहारमा सामसङको विशेष अफर, क्यासब्याकदेखि लक्की ड्रमार्फत टिभी, एसी र वासिङ मेसिनसम्म जित्ने मौका

दशैं–तिहारमा सामसङको विशेष अफर, क्यासब्याकदेखि लक्की ड्रमार्फत टिभी, एसी र वासिङ मेसिनसम्म जित्ने मौका
New Office

 

काठमाण्डौ । सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै टिभी तथा होम अप्लायन्समा ‘Smart Upgrade घरमा, Lucky Surprise चाडमा’ नामक विशेष अफर सार्वजनिक गरेको छ।

सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म सञ्चालन हुने अफरअन्तर्गत ग्राहकले सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा एसी खरिद गर्दा क्यासब्याक, पक्का उपहार तथा दैनिक र साप्ताहिक लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने मौका पाउनेछन्।

कम्पनीका अनुसार अभियान अवधिमा खरिद गर्ने ग्राहकले आफ्नो सामानको सिरियल नम्बर दर्ता गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन्। लक्की ड्रमार्फत ३१ जना दैनिक विजेता छनोट गरिनेछ। विजेताले ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्चको UHD टिभीमध्ये एक पुरस्कार जित्ने अवसर पाउनेछन्।

त्यस्तै, ८ जना साप्ताहिक विजेताले १ टनको सामसङ एसी जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकले खरिद गरेको सामानको पछाडिको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी ‘Samsung [space] Serial Number’ लेखेर ३७२७३ मा SMS पठाउनुपर्नेछ। SMS पठाएपछि सहभागी भएको पुष्टि ग्राहकले प्राप्त गर्नेछन्।

विजेताको घोषणा हरेक बुधबार Image Channel को ‘Music of Your Choice’ कार्यक्रममा गरिनेछ। विजेताको विवरण Smart Plaza र Big Digital का फेसबुक पेजमा समेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

क्यासब्याक र थप सुविधा

अफरअन्तर्गत छनोट गरिएका सामसङ टिभीमा अधिकतम २६ प्रतिशतसम्म क्यासब्याक पाइनेछ। केही मोडलमा निःशुल्क साउन्डबार तथा १२ महिनासम्मको NETTV प्याकेजसमेत उपलब्ध गराइनेछ।

रेफ्रिजेरेटरमा अधिकतम २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस दिइनेछ।

त्यस्तै, वासिङ मेसिनमा अधिकतम १८ प्रतिशतसम्म क्यासब्याक तथा ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ। छनोट गरिएका वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Muktinath Bikas Bank Limited

ग्राहकले Hulas Finserve Hire Purchase Ltd. मार्फत उपलब्ध Samsung Insta Finance सेवाको प्रयोग गरी १२ वा २४ महिनाको EMI योजनामा समेत सामान खरिद गर्न सक्नेछन्।

यस्तै, पुराना उपकरण साटेर नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकले ArkoStore वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा लिन सक्नेछन्।

कम्पनीले सबै अफर सीमित अवधिका लागि रहेको र सर्त तथा नियम लागू हुने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.