मंगलवार, आश्विन २७,२०८३ 03:00:43
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:00:43
Bizshala
Global IME Bank Limited

बाढीको २४ दिनपछि पनि रसुवा–नुवाकोट–धादिङ सडक सम्पर्कविहीन, ढुंगे–बेत्रावती खण्डमा ट्र्याक खोल्न सकस

Bizshala
बाढीको २४ दिनपछि पनि रसुवा–नुवाकोट–धादिङ सडक सम्पर्कविहीन, ढुंगे–बेत्रावती खण्डमा ट्र्याक खोल्न सकस
New Office

 

काठमाण्डौ । भीषण बाढी गएको २४ दिन बितिसक्दा पनि रसुवा, नुवाकोट र धादिङका महत्वपूर्ण सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। विशेषगरी ढुंगे–बेत्रावती सडक खण्डमा दलदल, भीर र ठूलो परिमाणमा थुप्रिएको गेग्रानका कारण ट्र्याक खोल्ने काम चुनौतीपूर्ण बनेको छ।

गल्छीदेखि नुवाकोटको ढुंगेसम्मको अधिकांश खण्ड भने सवारी सञ्चालनका लागि सहज बनाइएको छ। गल्छी र देवीघाटको बीचमा पर्ने रातमाटेको करिब २०० मिटर सडक त्रिशूली नदीको बाढीले तलबाट कटान गरेपछि नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याइएको छ।

गल्छी–विदुर सडक खण्डमा पर्ने कोल्पु खोलाको पुलसमेत मर्मत गरी सवारी सञ्चालनयोग्य बनाइएको सडक विभागले जनाएको छ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडान गरिसकेको छ। यससँगै बाढीले सडकमा थुपारेको माटो, बालुवा र गेग्रान हटाएर सडक खुलाउने काम तीव्र पारिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

देवीघाटदेखि त्रिशूलीको ढुंगे बजारसम्मको सडकमा थुप्रिएको लेदो हटाएर सवारी सञ्चालनमा ल्याइए पनि बेत्रावती क्षेत्रमा भने अवस्था जटिल छ।

‘बेत्रावती खण्डमा दलदलका कारण लेदो सफा गर्नै कठिन भइरहेको छ,’ न्यौपानेले बताएका छन्।

ढुंगे बजारभन्दा अगाडि गेर्खुटार क्षेत्रमा करिब डेढ किलोमिटर सडक बाढीले बगाएको थियो। उक्त स्थानमा वैकल्पिक सडक मर्मत गरेर सवारी सञ्चालनको व्यवस्था गरिएको छ।

तर बेत्रावती आसपासका केही क्षेत्रमा सडक नै बगाएको, कतै भीर र चट्टान रहेको तथा कतै दलदल बनेकाले पुरानो सडकको ट्र्याक पुनःस्थापना गर्न समस्या भइरहेको छ।

बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा सडक सञ्जालसँगै ठूलो संख्यामा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार ४१ वटा मोटरेबल पुल बगेका वा क्षतिग्रस्त भएका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सडक तथा पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ भने पुनर्निर्माणका लागि करिब ५० अर्ब रुपैयाँ आवश्यक पर्न सक्ने आकलन छ।

नुवाकोट–रसुवा सडक सम्पर्क पुनःस्थापना गर्न बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडान गर्ने तयारी गरिएको छ। यसका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ।

सरकारले दसैंअघि रसुवागढी नाकासम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। सडक खोल्ने तथा आवश्यक संरचना पुनःनिर्माणका लागि चीनसँग समेत समन्वय भइरहेको जनाइएको छ।

तर ढुंगे–बेत्रावती खण्डमा रहेको दलदल, भीर र चट्टानी भूभागका कारण लक्ष्यअनुसार सडक सञ्चालनमा ल्याउन अझै चुनौती देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X