सोमबार, आश्विन ५,२०८३ 11:58:51
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 11:58:51
Bizshala
Global IME Bank Limited

नेपालमा सामसङ Galaxy S26 FE सार्वजनिक, मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ

नेपालमा सामसङ Galaxy S26 FE सार्वजनिक, मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ
New Office

 

काठमाण्डौ । सामसङ नेपालले Galaxy S26 सिरिजअन्तर्गतको नयाँ स्मार्टफोन Galaxy S26 FE नेपाली बजारमा सार्वजनिक गरेको छ। Galaxy S26 लाइनअपमै पहिलोपटक One UI 9 सहित आएको यो स्मार्टफोनमा उन्नत क्यामेरा, Galaxy AI फिचर तथा नयाँ AI अनुभव समावेश गरिएको कम्पनीले जनाएको छ।

Galaxy S26 FE लाई पातलो तथा हलुका डिजाइनमा तयार गरिएको छ। यसमा Galaxy S सिरिजका प्रमुख विशेषतालाई निरन्तरता दिँदै क्यामेरा, आर्टिफिसियल इन्टेलिजेन्स र दैनिक प्रयोगमा उपयोगी फिचरलाई प्राथमिकता दिइएको छ।

सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले Galaxy S26 FE लाई Galaxy S सिरिजका मुख्य विशेषता धेरै प्रयोगकर्तासम्म पुर्‍याउने उद्देश्यले डिजाइन गरिएको बताएका छन्। उनका अनुसार स्मार्टफोनका प्रत्येक फिचरले प्रयोगकर्ताको दैनिक जीवनमा अर्थपूर्ण प्रभाव पार्ने गरी विकास गरिएको छ।

क्यामेरामा नयाँ फिचर

Galaxy S26 FE मा उन्नत ट्रिपल रियर क्यामेरा र एड्भान्स्ड इमेज प्रोसेसिङ सुविधा दिइएको छ। यसले स्थिर दृश्यदेखि तीव्र गतिमा चलिरहेका विषयसम्म सहज रूपमा खिच्न तथा तस्वीर सम्पादन गर्न सहयोग गर्ने कम्पनीको दाबी छ।

सामसङका पछिल्ला फोल्डेबल फोनमा पहिलोपटक ल्याइएको My FanCam फिचर Galaxy S26 FE मा पनि उपलब्ध छ। यसले प्रयोगकर्ताले छनोट गरेको व्यक्तिलाई स्वचालित रूपमा ट्र्याक गरी भिडियोको केन्द्रमा राख्ने र दृश्य परिवर्तन हुँदा त्यसअनुसार फ्रेम समायोजन गर्ने काम गर्छ।

त्यस्तै, Super Steady with Horizontal Lock फिचरले तीव्र गतिविधि खिच्दा पनि भिडियो स्थिर र सन्तुलित बनाउन सहयोग गर्छ। फोनमा 3x optical zoom समेत उपलब्ध छ।

कम उज्यालोमा तस्वीर खिच्न Galaxy S सिरिजको परिचित Nightography फिचर समावेश गरिएको छ। कम्पनीका अनुसार यसले कम प्रकाश भएको अवस्थामा पनि उज्यालो, स्पष्ट र बढी विवरणसहितको तस्वीर खिच्न मद्दत गर्छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

One UI 9 र Galaxy AI

Galaxy S26 FE मा पछिल्लो One UI 9 प्रयोग गरिएको छ। यससँगै प्रयोगकर्ताको दैनिक बानी र आवश्यकताका आधारमा जानकारी उपलब्ध गराउने थप context-aware Galaxy AI सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

Galaxy S25 सिरिजबाट सुरु गरिएको Now Brief लाई पनि थप व्यक्तिगत बनाइएको छ। यसमा मौसम, स्वास्थ्य तथा वेलनेससम्बन्धी customizable briefing cards प्रयोग गर्न सकिन्छ। प्रयोगकर्ताले सामान्य prompt दिएर आफ्नै कार्डसमेत सिर्जना गर्न सक्नेछन्।

मूल्य र उपलब्धता

नेपालमा Galaxy S26 FE को 8GB RAM र 256GB storage variant को मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यो स्मार्टफोन Pistachio, Graphite र Blueberry गरी तीन रंगमा उपलब्ध हुनेछ।

कम्पनीले खरिदकर्ताका लागि १२ महिनाको ईएमआईमा मासिक ६ हजार रुपैयाँ तथा २४ महिनाको ईएमआईमा मासिक ३ हजार २५६ रुपैयाँबाट किस्ता सुविधा उपलब्ध हुने जनाएको छ।

Galaxy S26 FE खरिदमा सामसङले पुरानो फोन साट्ने ग्राहकलाई ८ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस दिने घोषणा गरेको छ।

त्यसैगरी, ग्राहकले ६ महिनाको Google AI Pro subscription निःशुल्क पाउनेछन्। कम्पनीका अनुसार उक्त सदस्यताको मूल्य १८ हजार ३५१ रुपैयाँ बराबर रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.