बिहीबार, आश्विन ८,२०८३ 11:09:03
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 11:09:03
Bizshala
Global IME Bank Limited

अमेरिकामा पनि बालेनलाई देशकै चिन्ता, भने-'भारी वर्षाको जोखिमबीच राति राजमार्गमा यात्रा नगर्नू'

Bizshala
अमेरिकामा पनि बालेनलाई देशकै चिन्ता, भने-'भारी वर्षाको जोखिमबीच राति राजमार्गमा यात्रा नगर्नू'
New Office

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री बालेन शाहले नेपालमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै देशवासीलाई सतर्क रहन आग्रह गरेका छन्। फेसबुकमार्फत सन्देश जारी गर्दै उनले असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानका आधारमा सरकारले पूर्वतयारी तीव्र बनाएको बताएका हुन्। प्रधानमन्त्री शाह महासभामा सहभागी हुन अमेरिका गएको विवरण सार्वजनिक भएको छ।

शाहले विशेषगरी राति सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा टार्न र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। उनका अनुसार जोखिमयुक्त सडकमा सवारी अघि बढाउनुअघि प्रत्येक सुरक्षा जाँच चौकीले अघिल्लो चौकीसँग सम्पर्क गरी सडक सुरक्षित रहेको सुनिश्चित गर्ने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रधानमन्त्रीको सन्देशअनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ। जिल्ला सुरक्षा समितिमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको तथा नदी तटीय क्षेत्रमा स्थानीयलाई सचेत गराउने काम भइरहेको उनले बताएका छन्।

बाढी र पहिरोले सडक अवरुद्ध हुन सक्ने भन्दै जोखिमयुक्त सडकखण्ड नजिक डोजर, लोडर र एक्स्काभेटरजस्ता उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। सडक डिभिजन कार्यालयलाई चौबीसै घण्टा सक्रिय रहन र सडक खुला वा अवरुद्ध भएको जानकारी नियमित सार्वजनिक गर्न भनिएको छ।

सबै ७५३ स्थानीय तहलाई विपद् व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी गर्न र जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको शाहले उल्लेख गरेका छन्। मौसमको जोखिम हेरेर स्थानीय तहसँगको समन्वयमा असोज ९ गते विद्यालयको पठनपाठन सञ्चालन नगर्न तथा सम्बन्धित निकायले परीक्षा स्थगित गर्न सक्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका पर्यटकको सुरक्षामा ध्यान दिन, अस्पताल तथा स्वास्थ्य चौकीमा जनशक्ति र औषधि तयारी अवस्थामा राख्न र अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई भनिएको छ। मौसमको बहानामा कृत्रिम अभाव, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्नेमाथि कारबाही गर्न बजार अनुगमनको निर्देशन दिइएको प्रधानमन्त्रीले बताएका छन्।

शाहले अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका ठाउँमा जान नदिन आग्रह गरेका छन्। उनले मौसम तथा विपद्सम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका आधिकारिक सूचना हेर्न अनुरोध गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.