आईतवार, भाद्र २३,२०८१ 07:18:53
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:18:53
IME remit
Global IME Bank Limited

प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

Hyundai Nepal
प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  

धितोपत्र दोस्रो बजारमा यी चार जीवन बीमा कम्पनीको स्टक निकै चर्चामा छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका कारण पनि लगानीकर्ताहरुको आँखामा यी चार कम्पनी पर्ने गरेका छन् । चारमध्ये कुन कम्पनीमा लगानी गर्दा उचित र कुनमा लगानी गर्दा बढी जोखिम हुन्छ, त्यसका लागि लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरण विश्लेषण गर्नुपर्ने हुन्छ ।  

तर दोस्रो बजारमा वित्तीय विवरणकै आधारमा लगानी गरिहाल्नु पनि उचित नहुन सक्छ । पछिल्लो केही समययता बजारमा दीर्घकालिन भन्दा पनि अल्पकालिन लगानीकर्ता हाबी छन् । वित्तीय अवस्था बलियो हुँदा पनि केही कम्पनीहरुको सेयरभाउ बढ्न नसकेको उदाहरण प्रशस्तै छन् ।  

प्रिमियममा आईपीओ ल्याएका यी चार जीवन बीमा कम्पनीले आर्जन गरेको मुनाफा, कम्पनीको व्यवसाय, कोषमा सञ्चित रकम, ईपीएस, नेटवर्थ, लाभांश क्षमता र कम्पनीले गर्ने आम्दानीहरु दोस्रो बजारलाई प्रभाव पार्न सक्ने प्रमुख सूचकहरु हुन् ।  

लगानीकर्ताहरुले दीर्घकालिन लगानीका लागि वित्तीय सूचक विश्लेषण गर्न जरुरी हुन्छ । दोस्रो त्रैमासको आधारमा यी चार जीवन बीमा कम्पनीमध्ये कुन कम्पनी कुन सूचकमा अब्बल देखिएको छ भनेर तुलनात्मक विश्लेषण तयार पारेका छौं । तर यो अध्ययन कुनै कम्पनीको धितोपत्र खरिदका लागि सिफारिस गरिएको भने होइन ।  

खुद नाफाको आधारमा  

खुद नाफा कम्पनीहरुको प्रमुख सूचक मानिन्छ । लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीले कति मुनाफा कमाईरहेको छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । आर्जित मुनाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्छ वा सक्दैन अनुमान लगाउन सकिन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा सन नेपाल लाइफले ४९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।

बीमाशुल्क आर्जनको आधारमा  

बीमा कम्पनीहरुको लागि बीमा शुल्क आर्जन नै मुख्य व्यवसाय सूचक हो । लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय अवस्था कस्तो छ बुझ्न आवश्यक हुन्छ । यदि कम्पनीले व्यवसायमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ, भने सो कम्पनीको प्रोफिट क्यापासिटी पनि बृद्धि हुन सक्छ । बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन गरी विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन् । लगानीको दायरा बढाउँदै जाँदा कम्पनीको नाफा पनि बढ्न सक्ने सम्भावना बढ्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।  

जीवन बीमा कोषको आधारमा  

बीमा कोष बीमा कम्पनीहरुको प्रमुख सूचक हो । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम जीवन बीमा कोषका लागि छुट्याउनुपर्ने प्रावधान छ । बीमा कोष बलियो हुँदै जाँदा कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता बलियो भएको मान्न सकिन्छ । चैत मसान्तसम्म सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले यस्तो कोषमा १३ अर्ब ७ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिटेन्ड अर्निङ र महाविपत्ती कोषको आधारमा  

बीमा कम्पनीहरुले वित्तीय विवरणमा रिटेन्ड अर्निङ ९संचित आम्दानी÷नाफा० र महाविपत्ती कोष सूचक छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिम बहन गर्न वा दायित्व बहन गर्न बीमा कम्पनीले महाविपत्ती कोषको व्यवस्था गरेका हुन्छन् । यो कोषले विपत्तीको अवस्थामा कम्पनीले कति जोखिम गर्न सक्छ भन्ने निर्धारण हुन्छ । त्यस्तै, सेयरधनी वा कर्मचारी तथा बीमितलाई प्रतिफल बाँड्नका लागि बीमा कम्पनीले रिटेन्ड अर्निङ कोष छुट्याएका हुन्छन् । यस सूचकलाई जगेडा कोषको रुपमा पनि लिन सकिन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी रिटेन्ड अर्निङ सन नेपाल लाइफको १ अर्ब २३ करोड रुपैयाँ छ । त्यस्तै, महाविपत्ती कोषमा भने सिटिजन लाइफको १६ करोड ५३ लाख रुपैयाँ सञ्चित छ ।  

खुद दाबी भुक्तानीको आधारमा  

बीमा कम्पनीहरुको लागि दाबी भुक्तानी सूचक महत्वपूर्ण सूचक हो । दाबी भुक्तानीको अवस्थाले कम्पनी बीमितमैत्री छ वा छैन थाहा पाउन सकिन्छ । यदि कम्पनीको दाबी भुक्तानीको अवस्था कमजोर देखिएमा कम्पनीको व्यवसायमा विस्तार नदेखिएको र बीमितमैत्री समेत नरहेको बुझ्न सकिन्छ ।  चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले ३ अर्ब ९४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको व्यवसाय र जारी बीमालेख संख्याको आधारमा पनि कम्पनीको क्लेम सेटलमेन्ट निर्धारण हुने गर्दछ ।  

आम्दानीको आधारमा  

बीमा कम्पनीहरुको मुख्य आम्दानी भनेको बीमा शुल्क बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राखिनु हो । कम्पनीहरुले ठूलो रकम बैैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राखेका हुन्छन् । साथै सूचीकृत सेयर तथा सरकारी ऋणपत्र, हाइड्रोपावर कम्पनी जस्ता अन्य क्षेत्रमा पनि कम्पनीहरुले लगानी गरेका हुन्छन् । यसका साथै बीमितहरुलाई कर्जा प्रवाह गरी सो बाट पनि कम्पनीले ब्याजदरको रुपमा आम्दानी गरेका हुन्छन् ।  कम्पनीहरुले आर्जन गर्ने मुनाफा नै आम्दानीको मुख्य स्रोत हो । कुन कम्पनीले कति आम्दानी गरेको छ सो आधारमा खुद नाफा मापन गर्न सकिन्छ । चालु आवको नौ महिनासम्म सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले ५ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

प्रतिसेयर आम्दानीका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस सन नेपाल लाइफको २०.५७ रुपैयाँ छ ।  

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । चैत मसान्त सबैभन्दा बढी बुकभ्यालु सन नेपाल लाइफक १९४.११ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । थर्ड क्वाटरसम्म सबैभन्दा थोरै पीई रेसियो सन नेपाल लाइफकै २९.०३ गुणा रहेको छ ।

अधिकतम/न्यूनतम सेयरभाउ र लाभांशको आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि लगानीकर्ताले सम्बन्धीत कम्पनीको अधिकतम र न्यूनतम सेयरभाउ कति पुगेको छ र कम्पनीले कतिसम्म लाभांश घोषणा गरेको छ वा गर्न सक्छ त्यो हेरेर लगानी गरेका हुन्छन् । गत आवको मुनाफाबाट चारमध्ये सर्वााधिक आइएमई लाइफले २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।  

त्यस्तै, अधिकतम सेयरभाउ कति छ र दोस्रो बजारमा कम्पनीको सेयरलाई कति भाउमा लगानी गर्ने त्यो लगानीकर्ताले विश्लेषण गर्नुपर्दछ । नेप्सेको फ्लोरसिटअनुसार सन नेपाल लाइफको सेयरभाउ सबैभन्दा बढी ६४५ रुपैयाँ अधिकतम मूल्य छ ।  

बीमालेख संख्याको आधारमा  

कम्पनीमा बीमालेख संख्याले कम्पनीको व्यवसाय मापन गर्न सकिन्छ । बीमालेख संख्या बढी भएमा कम्पनीको व्यवसाय पनि बढ्न सक्ने सम्भावना हुन्छ । तर बीमालेख संख्या थोरै र बीमाङ्क रकम बढी भएमा कम्पनीको व्यवसाय ठूलो हुन सक्छ । तर कायम बीमालेख संख्याले कम्पनीको व्यवसायमा स्थिरता आउन सक्छ । तेस्रो त्रैमाससम्म  सबैभन्दा बढी बीमालेख संख्या रिलायबल नेपाल लाइफको ३१ लाख ५१ हजार ८०० रहेको छ ।

 

 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X