काठमाण्डौ । लगातारको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ।
गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार जोड्ने झोलुङ्गे पुलमा त्रिशूली नदीको तीव्र बहावले लगातार प्रहार गरेपछि केबलकारको गेटदेखि भित्रतर्फको सडक भासिएको हो।
इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्र उप्रेतीका अनुसार वर्षासँगै नदीले धार परिवर्तन गर्दा मुख्य राजमार्गमा समेत चिरा परेको छ। नदीको बहावले झोलुङ्गे पुलमा निरन्तर दबाब दिँदा आसपासको भित्री सडक भासिएको उनले बताए।
सडक भासिएपछि मनकामना केबलकार सेवा हाल बन्द गरिएको छ। नदीको बहावले पुल तथा आसपासका संरचनामा निरन्तर प्रहार गरिरहेकाले जोखिम थप बढेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए।
नदीको बहाव तत्काल कम नभए आसपासका सडक तथा संरचनामा थप क्षति पुग्न सक्ने भएकाले स्थानीयवासी तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।