दशैंका तीन दिन मनकामना केबलकार सेवा बन्द रहने
काठमाण्डौ । मनकामना केबलकार प्रा.लि.ले यस वर्षको महानवमी, विजया दशमी र एकादशीका दिन सेवा सञ्चालन नहुने जनाएको छ। कम्पनीका अनुसार असोज १५ गते (अक्टोबर १), असोज १६ गते (अक्टोबर २) र असोज १७ गते (अक्टोबर ३) मा केबलकार सेवा बन्द रहनेछ।