बिहीबार, कार्तिक ८,२०८१ 04:14:58
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 04:14:58
IME remit
Global IME Bank Limited

मनकामना केबुलकार आजदेखि पुनः सुचारु हुँदै, ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति

Hyundai Nepal
मनकामना केबुलकार आजदेखि पुनः सुचारु हुँदै, ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति
Nabil Bank Limited

काठमाण्डौ । करीब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार आजदेखि पुनः सुचारु हुँदैछ । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ ।  

मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको २ महिना लगाएर स्तरोन्नति गरेको हो ।  

अस्ट्रियाको विश्व विख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।  

Bizshala
Shivam Cement
CG Motors

गतअसार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।  

मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटलडी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमाआएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको जनाएको छ ।  

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । प्रतिष्ठित उद्यमी लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.