बुधबार, माघ २३,२०८१ 04:41:49
IME remit
  • बुधबार, माघ २३,२०८१ 04:41:49
IME remit
Global IME Bank Limited

५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै

Hyundai Nepal
५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै
Nabil Bank Limited

काठमाण्डौ । मनकामना केवलकारले स्तरोन्नति गर्ने भएको छ ।  

लामो समयदेखि प्रयोग गरिरहेको प्रविधि लगायतका व्यापक परिवर्तन गरी अझ आधुनिक र स्तरीय बनाउन लागेको हो ।  

संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम केवलकार पनि हो । अष्ट्रियाको विश्वकै १ नं. कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षमा संचालनमा आइरहे पनि अब भने स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समयसापेक्ष केवलकारको स्तरोन्नति गर्न लागिएको कम्पनीले प्रष्ट पारेको छ ।  

‘हाम्रो प्रविधि एनालगमाआधारित प्रविधि हो र यसमा जडित मेन मोटर डीसी करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायरको डिकनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसी करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्टोल सिस्टम, प्यानलहरु सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशनबीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ, जसको लम्बाई करिब ३२०० मिटरको हुनेछ ।’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

यसैगरी, मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने र त्यसको लम्बाई करिब ६५०० मिटरको हुने बताइएको छ ।  

कम्पनीले केबलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जसको माध्यमबाट गोन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्षअघि नै गरिसकेको छ ।

डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित  समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुनसक्ने कम्पनीले बताएको छ ।  

कम्पनीले स्तरोन्नतिको क्रममा मुख्य गरी मेन लठ्ठा तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, डिजीटल कन्टोल सिस्टम परिवर्तन गर्ने, सबै तारहरु फेर्ने, डिसी मेन मोटर फेरेर एसी मेन मोटर डाइभ राख्ने, तीनवटा टावर ओभरहालिङ गर्ने तथा जनशक्तिका लागि एड्भान्स तालिम समेत आयोजना गरिने बताएको छ ।  

डिजिटल प्रविधिअनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै अनलाइन समाधान गर्नसकिने अपेक्षा गरिएको छ ।  

कम्पनीले स्तरोन्नति कार्यका लागि करिब ५० करोड खर्च गर्दैछ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.