काठमाण्डौ । मनकामना केबुलकार दुई दिन बन्द हुने भएको छ । टावरको मर्मत सम्भारका लागि पुस १ र २ गते मनकामना केबुलकारको सेवा बन्द हुन लागेको हो ।
सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक ८ मंसिर २०५५ सालदेखि मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो ।