आईतवार, कार्तिक १,२०८३ 06:25:09
  • आईतवार, कार्तिक १,२०८३ 06:25:09
Global IME Bank Limited

बाढीपछिको पुनर्निर्माणमा सहुलियतपूर्ण वित्तीय सहयोग गर्न एआईआईबीसँग अर्थमन्त्री वाग्लेको आग्रह

Bizshala
बाढीपछिको पुनर्निर्माणमा सहुलियतपूर्ण वित्तीय सहयोग गर्न एआईआईबीसँग अर्थमन्त्री वाग्लेको आग्रह
New Office

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीपछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि नेपालमा लगानी तथा सहुलियतपूर्ण वित्तीय सहयोग बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)सँग आग्रह गरेका छन्।

एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँगको भेटमा उक्त आग्रह गरेका हुन्। वाग्ले एआईआईबीका लागि नेपालका गभर्नरसमेत हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भेटमा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गरिन्। उनले विपद्पछिको उत्थानशील पुनर्निर्माणमा बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

जोउका अनुसार बैंकको प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्डमार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउन सकिनेछ। उनले विशेष कोषअन्तर्गतको अनुदान प्रयोग गरेर नेपाललाई उपलब्ध गराइने ऋणको ब्याजदर थप सहुलियतपूर्ण बनाउन सकिने सम्भावना पनि औँल्याइन्। यद्यपि, भेटमा कुनै निश्चित ऋण रकम वा ब्याजदर घोषणा गरिएको छैन।

वाग्लेले एआईआईबीको लगानीमा अघि बढिरहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन शीघ्र सम्पन्न गर्न आग्रह गरे। बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिबारे पनि भेटमा छलफल भयो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

मध्यम तथा दीर्घकालीन सहायताका लागि वाग्लेले हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक र डिजिटल पूर्वाधारलाई प्राथमिकतामा राख्न आग्रह गरे। यी क्षेत्रमा बैंकको आफ्नै स्रोतसँगै अन्य विकास साझेदारको स्रोत पनि परिचालन गर्नुपर्ने उनको प्रस्ताव थियो।

वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणको निमन्त्रणासमेत दिए।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.