सोमबार, आश्विन १२,२०८३ 01:37:22
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 01:37:22
Bizshala
Global IME Bank Limited

चोलेन्द्रशम्शेरलाई किन नियन्त्रणमा लिइयो र किन छाडियो ? संसद्‍मा उठ्यो प्रश्न

Bizshala
चोलेन्द्रशम्शेरलाई किन नियन्त्रणमा लिइयो र किन छाडियो ? संसद्‍मा उठ्यो प्रश्न
New Office

 

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिएर करिब १२ घण्टापछि परिवारको जिम्मा लगाइएको विषय प्रतिनिधिसभामा उठेको छ । सांसदहरूले जबरालाई कुन कानुनी आधार र कारणमा नियन्त्रणमा लिइएको थियो तथा पछि किन छाडियो भन्नेबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन् ।

प्रहरीले जबरालाई सुरक्षा चुनौती रहेको सूचनाका आधारमा महाराजगञ्जस्थित निवासबाट लगिएको बताएको छ । तर खतरा के थियो, कसबाट थियो र उनलाई घरमै सुरक्षा उपलब्ध गराउनुको सट्टा अपराध अनुसन्धान कार्यालयमै किन लैजानुपर्‍यो भन्नेबारे सरकारी निकायले विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् । जबराविरुद्ध कुनै आपराधिक कसुर वा पक्राउ पुर्जी सार्वजनिक भएको विवरण पनि छैन ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पक्राउ पुर्जी र कारणबिना पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिइएको भन्दै सरकारमाथि प्रश्न उठाए ।

उनले कानुनी राज्यमा यस्तो शैली उचित हो कि होइन भन्ने प्रश्न गर्दै सुरक्षा खतरा भए खतरा सिर्जना गर्ने व्यक्तिमाथि कारबाही गर्नुपर्ने तर्क गरे ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पनि जबरालाई नियन्त्रणमा लिने शैलीप्रति आपत्ति जनाए । उनले सरकारको व्यवहारलाई ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’को संज्ञा दिँदै कानुनी आधार सार्वजनिक गर्न माग गरे ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भने पूर्वप्रधानन्यायाधीश जबरासँगै राजनीतिक विश्लेषक तथा लेखक भरत दाहालको पक्राउको विषयसमेत उठाए । उनले दुवै घटनामा सरकारको कार्यशैलीबारे प्रधानमन्त्रीले स्वयं संसद्‍मा जवाफ दिनुपर्ने माग गरे ।

जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट प्रहरीले लगेको थियो । प्रहरीले पछि उनलाई ‘सुरक्षा चुनौती’का कारण सुरक्षित स्थानमा लगिएको दाबी गरेको थियो । त्यसको करिब १२ घण्टापछि उनलाई परिवारको जिम्मा लगाइएको थियो ।

यो घटनालाई लिएर नेपाल बार एसोसिएसनले समेत नियन्त्रणमा लिनुको उद्देश्य र कानुनी आधार स्पष्ट पार्न सरकारसँग माग गरेको छ । औपचारिक पक्राउ थियो वा सुरक्षा प्रयोजनका लागि गरिएको नियन्त्रण भन्नेबारे समेत स्पष्टता आवश्यक रहेको बारको भनाइ छ ।

यसअघि नेपाली कांग्रेसले पनि जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार सार्वजनिक गर्न माग गर्दै कुनै विशेष सुरक्षा चुनौती, अनुसन्धानको आवश्यकता वा असाधारण परिस्थिति थियो भने त्यसको विश्वसनीय आधार सरकारले स्पष्ट गर्नुपर्ने जनाएको थियो ।

घटना भएको एक दिन बितिसक्दा पनि जबरालाई मध्यरातमा घरबाटै किन लैजानुपर्‍यो, उनलाई कस्तो सुरक्षा चुनौती थियो र केही घण्टामै किन परिवारको जिम्मा लगाइयो भन्ने प्रश्न भने अझै सार्वजनिक रूपमा अनुत्तरित छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.